वृद्ध दम्पतीलाई घरभित्र थुनेर आगजनी

वृद्ध दम्पतीलाई घरभित्र थुनेर आगजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ पुष २०७३
  • 9.1K
    Shares

काठमाडौं, १८ पुस ।

दाङस्थित लमहीका ८० वर्षका माघे सार्की र उनकी श्रीमती डिल्लीदेवी सार्कीलाई घरभित्रै थुनेर अज्ञात समूहले आगजनी गरेको खुलेको छ ।

मंसिर २३ गते राति ११ बजे ११ बजे दनदनी बलिरहेको घरबाट दम्पतीलाई निकालिएको थियो । उनीहरु अहिले छिमेकीको घरमा वसिरहेका छन् ।

आगलागीबाट सबै धनमाल नष्ट भएपछि उनीहरु मागेर गुजारा चलाइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उनीहरुमाथि पटकपटक आगजनीको प्रयास भएको थियो ।

प्रतिक्रिया