सय रुपियाँमा सय घर झिलिमिली

सय रुपियाँमा सय घर झिलिमिली


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ पुष २०७३
  • 7.9K
    Shares

हेटौंडा, १८ पुस ।

मकवानपुरको बिकट खैराङ गाविसमा लघु जलविद्युत् आयोजना निर्माणपश्चात करिव सय घरधुरी लाभान्वित भएका छन् ।

३२ लाख रुपैयाँको लागतमा निर्माण भएको धुरु रिछाया माइक्रो हाइड्रोपावर सञ्चालनमा आएसँगै खैराङका सय घर झिलिमिली भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

टुकी र सोलारबाट गुजारा चलदाउँदै आएका खैराङ २ डण्टार र धुरु तथा ९ नम्बर वडा कोटेवाङका बासिन्दा बिजुली बाल्न पाएपछि खुशी भएका छन् ।

प्रतिक्रिया