आठौँ फाल्गुनन्द गोल्डकप : झापासँग कालेङपुङ ७-० ले पराजित

आठौँ फाल्गुनन्द गोल्डकप : झापासँग कालेङपुङ ७-० ले पराजित


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ पुष २०७३
  • 11.8K
    Shares

 फिदिम,१७ पुस ।

पाँचथरको फिदिममा भइरहेको आठौँ फाल्गुनन्द गोल्डकपमा झापाले भारत कालेङपुङको शेर क्लबलाई ७-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै झापा क्वाटरफाइनलमा पुगेको छ ।

झापाको सानदार जितमा कर्ण लिम्बूले चार गोल गरे । राजन श्रेष्ठले दुई गोल र निसान खड्काले एक गोल गरे । खेल सुरु भएकोे १३ औँ मिनेटमा बुद्ध चेम्जोङले निकालेको बललाई कर्ण लिम्बूले जाली चुमाएर खाता खोलेका थिए ।

कर्णले आठौँ फाल्गुनन्द गोल्डकप प्रतियोगितामा पहिलो ह्याट्रिक गरेका हुन् । आइतबारको खेलमा कर्ण म्यान अफ दी म्याच घोषित भए । मैदानको अनुभव नएकाले कालेङपुङले राम्रो प्रदर्शन गर्न नसकेको कालेङपुङका प्रशिक्षक चन्द्रमणि क्षेत्रीले बताए । सोमबार एलेभेन एरोज दुहबी सुनसरी र हिमालयन शेर्पा क्लब काठमाडौंबिच खेल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार