रोनाल्डोले गीतमार्फत दिए नयाँ वर्षको शुभकामना

रोनाल्डोले गीतमार्फत दिए नयाँ वर्षको शुभकामना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ पुष २०७३
  • 11.4K
    Shares

एजेन्सी, १७ पुस  ।

फुटबलर क्रिष्टियानो रोनाल्डोले नयाँ वर्ष सन् २०१७ को शुभकामना गीतमार्फत दिएका छन् ।

पोर्चुगलका कप्तान तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले आफ्नो ट्वीटर ह्याण्डलमार्फत पोर्चुगल भाषामा शुभकामना दिँदै लेखेका छन् ‘म तपाईहरुलाई २०१७ साल सबैभन्दा राम्रो होस् भन्ने शुभकामना दिन चाहान्छु ।’

लगतै यसको तल उनले अंग्रेजी भाषामाफर्तत पनि नयाँ वर्ष २०१७ को सबैलाई शुभकामना दिएका छन् । ट्वीटरमा यस्तो स्ट्याटस लेखेर उनले गीत गाएको भिडियो पनि अपलोड गरेका छन् ।

गीतमा रोनाल्डोले भनेका छन् ‘आइ विस यु मेरी अ क्रिसमस, आइ विस यु अ मेरी क्रिसमस एण्ड अ ह्याप्पी न्यु यिअर ।

प्रतिक्रिया