साफ फुटबल – श्रीलंकालाई हराउँदै नेपाल बन्यो समूह विजेता

साफ फुटबल – श्रीलंकालाई हराउँदै नेपाल बन्यो समूह विजेता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ पुष २०७३
  • 9.3K
    Shares

काठमाडौं, १५ पुस  ।

चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हराएको छ । नेपालकी सपना लामाले खेलको ८७ औँ मिनेटमा गोल गरिन् ।

जितसँगै नेपाल समूह एको विजेता बनेको छ । शुक्रबारको खेलअघि नै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले समूह चरणका सबै खेल जितेको छ । आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको थियो । माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार