साफ महिला च्याम्पियनसिप – नेपालले आज श्रीलङ्कासँग खेल्दै

साफ महिला च्याम्पियनसिप – नेपालले आज श्रीलङ्कासँग खेल्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ पुष २०७३
  • 11.6K
    Shares

काठमाडौं, १५ पुस  ।

चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले विजय लक्ष्यका साथ शुक्रबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । यस खेलबाट समूह ‘ए’ को विजेताको टुङ्गो लाग्नेछ । प्रतियोगितामा समूहको विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

जारी प्रतियोगितामा दुई खेल खेलेको नेपालले दुवै खेलमा जित हासिल गर्दै ६ अङ्क जोडेको छ भने समान दुई खेल नै खेलेको श्रीलङ्का एक खेलमा जित तथा खेल खेलमा हार बेहोरेको छ । श्रीलङ्काको ३ अङ्क छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गरेको थियो भने माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो । समूह ‘ए’ को शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार