चीनले २०१६ मा १ करोड तीस लाख रोजगारी सिर्जना गर्यो

चीनले २०१६ मा १ करोड तीस लाख रोजगारी सिर्जना गर्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७३
  • 8.4K
    Shares

बेइजिङ, १४ पुस

चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् ।

मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी हो ।

स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व पूरा गराउन सहयोग पुग्ने उनले बताए  ।  यद्यपि मुलुकको आर्थिक वृद्धिदर सुस्त नै भएको सरकारी अधिकारीहरुको भनाई छ ।

आगामी वर्ष सन् २०१७ मा मजदुरहरुको तलब वितरणमा सुधार गर्ने र पेन्सनको लगानी बढाउने मन्त्री यीनले बताए ।

प्रतिक्रिया