माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७३
  • 9.3K
    Shares

भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध ९-० गोलले पराजित गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पहिलो हाफमै ३-० गोलको अग्रता दिलाएकी थिइन्। उनले दोस्रो हाफमा ५० र ६३ मिनेटमा दुई गोल थपिन्।

नेपालका लागि मञ्जली योन्जले ५२ मिनेट, सपना मल्लले ७१ मिनेट र हीराकुमारी भुजेलले ७४ मिनेट, निर्मला विकले ९०+३ मिनेटमा गोल गरेकी थिइन्।

साफको पहिलो खेलमा पनि नेपालले भुटानविरुद्ध ८-० गोलले पराजित गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार