फुटबल खेल्दाखेल्दै वेलायतमा नेपाली युवकको मृत्यु

फुटबल खेल्दाखेल्दै वेलायतमा नेपाली युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७३
  • 8.1K
    Shares

निशान भण्डारी

फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो। साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो।

स्थानीय समाजसेवी नवीन सापकोटाका अनुसार फुटवल खेल्दै गरेको बेला अचानक ढलेपछि उनलाई अस्पतालतर्फ लगिएको थियो। निशानको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए। के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन।

बाग्लुङको गलकोट घर भएका भण्डारी बुवाआमासँगै वेलायत बस्दै आएका थिए। भण्डारी सिटी कलेज युर्निभरसिटी बर्मिघममा मेकानिकल इन्जिनियरिङको दोस्रो वर्षमा अध्ययनरत थिए।

उनको शव स्थानीय स्यान्डबेल हस्पिटलमा राखिएको छ। भण्डारीको निधनले त्यहाँस्थित नेपाली समुदाय स्तब्ध बनेको छ।

प्रतिक्रिया