साफ महिला फुटबल : नेपालले आज भुटानसँग खेल्दै

साफ महिला फुटबल : नेपालले आज भुटानसँग खेल्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ पुष २०७३
  • 10.9K
    Shares

काठमाडौं,  ११पुस  ।

चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार भुटानसँग खेल्दैछ । खेल भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपालले समूह चरणमा  माल्दिभ्स र श्रीलंकासँग पनि खेल्नेछ । यी तीनै देशसँग यसअघिका सबै खेलमा नेपाल विजयी भएको छ ।

यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको छ ।

फिफा बरियतामा नेपालभदा २६ स्थान माथि रहेको मलेसियालाई १–० ले हराएको नेपाली टोलीको मनोबल उच्च रहेको प्रशिक्षक कुमार थापाले बताएका छन् ।

प्रतिक्रिया