पश्चिमाञ्चलले हात पार्यो पहिलो स्वर्ण पदक

पश्चिमाञ्चलले हात पार्यो पहिलो स्वर्ण पदक


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ पुष २०७३
  • 9.6K
    Shares

जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पश्चिमाञ्चलले पहिलो स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालामा आइतबार आयोजित लन टेनिस खेलबाट पश्चिमाञ्चलले पहिलो स्वर्ण जितेको हो ।

पुरुष टिम इभेन्टमा पश्चिमाञ्चलले एपिएफलाई ३–० ले पराजित ग¥यो । पश्चिमाञ्चलका कुमार अधिकारीले श्रीराम मगरलाई ६–३, ६–१ मा तथा नवीन मगरले सन्तोष खत्रीलाई ७–६ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

प्रतियोगितामा सहभागी पाँच विकास क्षेत्रमध्ये पहिलो स्वर्ण जित्ने पश्चिमाञ्चल भएको छ ।

प्रतिक्रिया