खोजेभन्दा नयाँ एयरबस पाउदै वायुसेवा निगम

खोजेभन्दा नयाँ एयरबस पाउदै वायुसेवा निगम


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 8.4K
    Shares

काठमाडौं, १० पुस ।

नेपाल वायुसेवा निगमले खोजेभन्दा नयाँ एयरबस पाउने भएको छ । र, नयाँ जहाज नयाँ वर्ष २०७४ अगावै काठमाडौं आइपुग्ने देखिएको छ ।

वायुसेवा निगमले एक हजार घन्टासम्म उडेको जहाज स्वीकार गर्ने गरी अन्तराष्ट्रिय टेण्डर आहृवान गरेको थियो । तर, एएआर कम्पनीले नयाँ विमान नै उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

र, निगमको प्राविधिक समितिले सञ्चालक समिति समक्ष एएआर कर्पोरेसनसँग जहाज खरिद गर्न सिफारिस गरेको छ । सञ्चालक समितिले सिफारिसको आधारमा निर्णय गरे निगमले खोजेभन्दा पनि नयाँ जहाज पाउने देखिएको छ ।

वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०-२००’ जहाज खरिदका लागि खालेकोे टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

उनका अनुसार पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरवससँग खरिद अर्डर गरेको थियो । तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, सोहि विमानलाई एएआरले सकारेर वायु निगमलाई बेच्न लागेको छ ।

वायु निगमले दुईवटा एयर बसलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गरेको थियो । र, सरकार जमानी बसेर कर्मचारी सञ्चय कोषको नेतृत्वमा नागरिक लगानी कोष, नेपाल बैंक लगायत संस्थाले २५ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भइसकेको छ ।

एएआरले भने करिव ११ अर्ब २८ करोडमा नै जहाज उपलब्ध गराउने प्रस्ताव पेश गरेको छ ।

र, चैतभित्र विमान उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कम्पनीका अनुसार विमान एयरबसको फ्याक्ट्रीमै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार