काठमाडौं, ८ पुस ।
नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा शुक्रबारदेखि पूर्वाञ्चलमा सुरू भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत लनटेनिस खेल पोखरामा हुने भएको छ।
प्रतियोगितामा ६ इभेन्टमा महिला र पुरूष गरी ६७ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । १६ स्वर्ण, १६ सिल्भर र ३२ काँस्यका लागि प्रतिस्पर्धा गर्ने शुक्रबार पोखरा आयोजित पत्रकार समेलमा नेपाल लन टेनिस संघ कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए।
प्रतियोगितामा ४० जना पुरुष र २७ जना महिला खेलाडीले सहभागीता जनाउने छन् । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता शनिबारसम्म सञ्चालन हुने छ।
प्रतियोगितामा महिला तथा पुरुषको टिम इभेण्ट, मेन्स सिंगल, डबल, तथा महिला सिंगल, डबलतर्फ प्रतिस्पर्धा हुने छ ।
पूर्वाञ्चलमा एकै ठाउँमा चार वटा टेनिस कोर्ट नभएका कारण पोखरामा खेल सञ्चालन गर्नु परेको नेपाल टेनिस संघ अध्यक्ष ज्योति राणाले जानकारी दिइन्।
पूर्वाञ्चलमा टेनिस कोर्टहरू एकै ठाउँमा नभएका कारण पनि यो प्रतियोतिगा त्यहाँ सञ्चालन गर्न केही कठिन हुने भएकाले प्रतियोगिता पोखरामा आयोजना गरिएको राणाले बताइन्।
प्रतियोगितामा विभागीय टिमहरु नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा पाँच विकास क्षेत्रका पाँच टिम गरि ८ टिमको सहभागिता रहने टेनिस प्रशिक्षक सूर्यभुषण बज्राचार्यले जनाकारी दिए।