नयाँशक्ति दलालहरुको पार्टी बन्दै छ :-पारशमणि

नयाँशक्ति दलालहरुको पार्टी बन्दै छ :-पारशमणि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ माघ २०७२
  • 12K
    Shares

नेकपा माओवादी बिप्लव समुहका केन्द्रिय सदस्य तथा धौलागिरी उपब्युरोका ईन्चार्ज पारशमणीले माओवादी आन्दोलनमा बिचलन आएको बताएका छन् । उनले माओवादी आन्दोलन छोडेर माक्र्सवाद नै नमान्ने बाबुरामको नयाँशक्तिमा जानेहरुको भबिश्य नभएको बताएका हुन । काठमाण्डौमा पर्वतका साथीहरुको नाममा बिज्ञप्ती जारी गरेर नयाँ शक्तीमा लागेको भन्नु हास्यास्पद् भएको भन्दै पारमणीले भने हामी नयाँ अभियानमा लागेका छौ केहि साथीहरु जानु भएको छ । यसले हामीलाई दुखीत त बनाएको छ तर हामी निराश छैनौ । नेपालको सन्दर्भमा एकिकृत क्रान्तिको कार्यदिशा अबको एकमात्र बिकल्प भएको भन्दै उनले समाज रुपाण्तरण गर्नको लागि समाजमा रहेका दलालहरु, खुसखोरीहरु, तथा कालोबजारीहरुको समाप्तीको लागि अभियान चलाएको बताए
धौलागिरी ब्युरोका इन्चार्ज समेतका पारशमणीले बोल्दै थपे नेपालको बामपन्थी आन्दोलन आज एउटा नयाँ बर्गसंघर्षमा अगाडी आएको छ नेपालको कम्युनिष्ट आन्दोलन जती उचाईमा पुग्दैछ त्यसलाई धरासायी बनाउनको लागि देशी बिदेशी प्रतिक्रियावादी शाषकहरु लागि नै रहन्छन् यसलाई अनौठो मान्न नहुने बताए ।
हामी बिप्लव माओवादी मै छौं :- अधिकारी
यता नयाँ शक्ती अभियानमा लागेको भनेर आफुहरुको राजनैतिक चरित्र हत्या गर्ने कोसिस गरिएको भन्दै आफुहरु बिप्लवले नेतृत्व गरेको माओवादीमा रहेको बताउँदै पर्वतका ५ जना जिल्ला सदस्यहरुले बिज्ञप्ती जारी गरेका छन् । सो पत्रकार भेटघाटमा बोल्दै बिप्लव माओवादीका जिल्ला सदस्य राम अधिकारीले हामीहरु कतै नगएको र बिप्लव माओवादीमा नै रहेका बताए । उनीहरुको बिज्ञप्तीमा भनिएको छ कम्युनिष्ट पार्टीबाट बिचलन हुने तथा आत्मसर्मपण गर्ने नौलो कुरा होईन । केशरजंग रायमाझी देखि शुरु भएको आत्मासर्मपण हालसम्म पनि कायम रहिनै रहेको छ । हामीले नयाँ शक्तीलाई सोहि रुपमा लिएका छौ भनेका छन् ।
बिज्ञप्तीमा अगाडी लेखिएको छ माओवादी आन्दोलन आज नयाँ आयामका साथ एकिकृत जनक्रान्तिको दस्ताबेजमा अगाडी आएको छ । आम नेपाली जनता यतिबेला खुसखोरी, कालोबजारी, दलाल (जग्गा देखि मेनपावर हुदँै राजनैतिक र बैचारीक दलाली), तथा बिगतकालमा १३ औं हजार शहिद, हजारौं घाईते, तथा आम नेपाली जनताको रगत पसिनामा मोटाएका सबैभन्दा बद्नामहरुलाई नेपाली जनताले निशानामा पार्दा हामी भित्रका केहि मित्रहरु निराश भएर आउनु र पार्टी नै परित्याग गर्नुलाई हामी निकै गम्भिर रुपमा लिएका छौं । र त्यसमा हामी निरन्तर पार्टीमा खटिरहेका साथीहरुको नाम जोड्दै हामीलाई पनि नयाँ शक्ती अभियानमा लाग्यो भन्नु भा्रमक कुरा बाहेक अरु हुनै सक्दैन त्यसैले हामी हिजो, आज र भोली पनि एकिकृत जनक्रान्तिको कार्यदिशामा नै कटिबद्ध रहँदै नेकपा माओवादीमा नै रहेको जानकारीका लागि यो बिज्ञप्ती जारी गरेका छौं । भनेका छन् । त्यसरी बिज्ञप्ती जारी गर्नेहरुमा जिल्ला सदस्यहरु राम अधिकारी, टिका नेपाली, राजेन्द्र तिवारी, घर्म पौडेल, चित्र बहादुर पुर्जा लगायत रहेका छन् ।

यसै गरि नया शक्तिमा प्रबेश गरेको भनिएको आम्दा हस्पिटल बुटबलका कार्यकारी निर्देशक डा. बिनोद पराजुलि र बुटबलका लेखक दा पत्रकार बैकुण्ठ पाण्डेले आफुलाई नयाँशक्ति पार्टी प्रवेश बारे थाहा नभएको बताएका छन । उनिहरुले आफुहरु लाई थाहै नदिई गगनले प्रचार गरेको आरोप लगाएका छन

प्रतिक्रिया