डाले डोकोमा काफल बेचेर बालबच्चा पाल्ने महिलामाथि दु’र्व्यव’हार : नगर प्रहरीमाथि का’र’बाही प्रक्रिया शुरु

डाले डोकोमा काफल बेचेर बालबच्चा पाल्ने महिलामाथि दु’र्व्यव’हार : नगर प्रहरीमाथि का’र’बाही प्रक्रिया शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा , ६ जेठ २०८३।

सुर्खेतको वीरेन्द्रनगरमा डाले डोकोमा काफल बेचेर आफ्नो बालबच्चा पाल्दै आएकी एक महिलामाथि दु’र्व्यव’हार गर्ने नगर प्रहरीमाथि का’र’बाही हुने भएको छ। बजार व्यवस्थापनका नाममा नगर प्रहरीले ती महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा चौतर्फी भाइरल र आ’लोचित बनेपछि नगरपालिकाले दोषी नगर प्रहरीलाई कानुनी दायरामा ल्याएर का’रबाही गर्ने प्रक्रिया अघि बढाएको हो।

एउटी आमा आफ्ना बालबच्चाको साँझ–बिहानको छाक टार्न सुर्खेतको चर्को घाममा डालोभरि काफल बोकेर सडकमा बेच्दै हिँड्छिन्। ठीक त्यही बेला जनताको सेवक भनिने, नागरिकको शान्ति–सुरक्षाका लागि खटिएका नगर प्रहरीले उनको त्यो डालो सडकमै घोप्ट्याइदिन्छन्, अनि मेहनतको पसिनासँगै काफल सडकभरि पोखिन्छ।

सडकको बीचमा बसेर ती आमा आँखा भरि आँसु झार्दै भुइँबाट एक–एक दाना काफल टिपिरहेकी हुन्छिन्। शायद उनको मनमा एउटै पीडा थियो — “आज बालबच्चालाई के खुवाउने ?”

जसले दिनभरि घाममा जलेर दुःख गर्‍यो, उसैको पेटमाथि लात हानियो। गरिबको मेहनत यहाँ सस्तो छ, उसको आँसु कसैले देख्दैन। कानुन पनि शायद शक्तिशालीका लागि फरक र निमुखाका लागि मात्रै कडा बनेको छ।

एकछाक खाना जुटाउन संघर्ष गरिरहेकी आमाको पोखिएको त्यो काफल मात्रै थिएन, सडकमा उनको आशा, सपना र बाध्यता पनि छरपस्ट भएको थियो।

प्रतिक्रिया