फेरि पक्राउ परेका भोटेकोशी हेलि रिसोर्टका सञ्चालक प्रधानबिरुद्ध कास्की जिल्ला अदालतमा चलाइयो मुद्दा

फेरि पक्राउ परेका भोटेकोशी हेलि रिसोर्टका सञ्चालक प्रधानबिरुद्ध कास्की जिल्ला अदालतमा चलाइयो मुद्दा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ जेष्ठ २०८३
  • 1.5K
    Shares

सिन्धुपाल्चोकस्थित भोटेकोशी हेलि रिसोर्ट एण्ड स्पा’

पोखरा , ६ जेठ २०८३।

रिसोर्टको शेयर लिएर पैसा नदिएको कसुरमा पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई पोखरा ल्याइएको छ।

भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडका पूर्वअध्यक्ष पोखराका चीनबहादुर रानाभाटको जाहेरीका आधारमा प्रधानलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

उनी २०८२ माघ २३ गते बैंकिङ कसुरमा पक्राउ परी कास्की जिल्ला अदालतबाट जिम्मा जमानीमा छुटेका थिए। रिसोर्टको शेयर लिएर पैसा नदिएको कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा यही जेठ ३ गते पक्राउ गरी प्रधानलाई पोखरा ल्याएको प्राप्त समाचारमा जनाइएको छ । प्रधानलाई मंगलबार थप ३ दिनको म्याद गरी कास्की हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रिसोर्टका प्रमुख शेयरधनी चिनबहादुरलाई ७ करोड रुपैयाँको चेक दिएर प्रधानले शेयर किनेका थिए । चीनबहादुरले आफू प्रमुख शेयरधनी बनेर समीर कुमार नेपाल (मोरङ), छिरिङ शेर्पा (सिन्धुपाल्चोक) र सुवास प्रधान (नुवाकोट) मिलेर रिसोर्ट सञ्चालन गरेका थिए । सुरुमा चीनबहादुर, समीर र छिरिङ मिलेर २०७८ सालबाट रिसोर्ट सञ्चालन गरेका थिए ।

प्रतिक्रिया