कक्षा ११ को पढाई असार १ गतेबाट शुरु गर्न सरकारको निर्देशन

कक्षा ११ को पढाई असार १ गतेबाट शुरु गर्न सरकारको निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ जेष्ठ २०८३
  • 1.2K
    Shares

पोखरा , ६ जेठ २०८३।

सरकारले कक्षा ११ को पठनपाठन असार १ गतेदेखि शुरु गर्न निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै उक्त विषय जानकारी गराएको हो ।

पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र उद्धृत गर्दै शैक्षिक सत्र २०८२ को एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पढाइ असार १ गतेबाट गर्ने गरी सूचना प्रवाह गर्न भनिएको छ ।

विगतमा एसईई नतिजा प्रकाशन हुन ३ महिनासम्म लाग्थ्यो । यसपालि भने १ महिनामै नतिजा निकालिसकिएको छ ।

प्रतिक्रिया