पोखरा, ३ जेठ २०८३।
काठमाण्डौको खरिबोटमा गएराती भिनाजुले आफ्नै सालाको हत्या गरेका छन्।
महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले गएराती काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा आफ्नो सालो नाता बताउने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीको हत्या गरेका हुन्।
घरायसी विवादका क्रममा समी अहमदले जाकिर मन्सुरीलाई तरकारी काट्ने चक्कु प्रहार गरी गम्भीर घाइते बनाएकोमा उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा गएराति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सांकेतिक चित्र