पोखरा, २ जेठ २०८३।
पोखराका राजनीतिक दलहरु अब्यबस्थित बसोबासी र सुकुम्बासीहरुलाई ब्यबस्थित गरेर सार्वजनिक जग्गामा बनेका घरटहराहरु भत्काउन एकमत देखिएका छन्।
पोखरा महानगरपालिकाले शुक्रबार पोखरामा योजना गरेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका राजनीतिक नेताहरु पोखराका अब्यबस्थित बसोबासी र सुकुम्बासीहरुलाई ब्यबस्थित गरेर सार्वजनिक जग्गामा बनेका घरटहराहरु भत्काउन एकमत देखिएका हुन्।
उक्त बैठकमा सहभागी राजनीतिक नेताहरुले पोखराको अमरसिंहचौरको किनारामा बनाइएका घरटहराहरु आउने जेठ ५ गते बिहानैदेखि हटाउने निर्णय गरेका छन्। ती घतटहरा हटाउन पोखरा महानगरपालिकाले आउने जेठ ४ गतेसम्मको म्याद दिएर सार्वजनिक सुचना जारी गरिसकेको छ।
पहिलो चरणमा पोखरा अमरसिंहचौरको किनारामा अबैध तरीकाले बनाइएका घरटहरा भत्काउने काम सम्पन्न भए पछि भने दोश्रो चरणमा फिर्केखोलाको खोलाघर स्थापित गर्न अबैध तरीकाले बनाइएका घरटहराहरु भत्काउन उक्त सर्वदलीय बैठकले पोखरा महानगरपालिकलाई अधिकार दिएको छ।
खोलाघरमा सीमा स्तम्भ गाडिसकिएको अवस्थामा एकसय ६ रोपनी जग्गा सार्वजनिक जग्गा मिचिएको निष्कर्षमा पोखरा महानगरपालिका पुगेको छ। ती खोलाघरहरुमा कम्तीमा ४० घरहरु अब्यबस्थित तथा सुकुम्बासीहरु बसोबास गर्ने गरेको सुचना पोखरा महानगरपालिकाले राजनीतिक दलहरुलाई दिएको छ।
वर्षा याम शुरु भैसकेको अवस्थामा सुकुम्बासीहरुलाई हटाउँदा उनीहरुलाई संकट पर्न सक्ने स्थिति देखेपछि फिर्केखोलाको मापदण्ड छ मिटर कायम भएको अवस्थामा बिभिन्न संघसंस्थाहरुले खोलाघरभित्र बनाएका भौतिक संरचना भत्काउन शुरु गरिने भएको उक्त बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।
पोखराको पृथ्वीचोकमा बसपार्क बनाउन भनेर २०३० सालमा अधिग्रहण गरिएको दुईसय पांच रोपनी जग्गामा अबैध घरटहराहरु तत्काल हटाउन भने राजनीतिक दलहरु केही हच्किएका छन्। अद्यापि उनीहरु बसपार्क निर्माणका लागि भनेर अधिग्रहण गरिएको सम्पूर्ण दुईसय पांच रोपनी जग्गामा नै बसपार्क बनाउनुपर्नेमा उनीहरु एक मत देखिएका छन् र उनीहरुले सोही अनुसारको निर्णय पनि गरिएदिएका छन्।
उक्त सर्वदलीय बैठकमा पोखरा महानगरपालिकाका प्रमूख धनराज आचार्यले आफु काठमाण्डौमा जस्तो जबरजस्ती डोजर लगाएर अब्यबस्थित बसोबासी र सुकुम्बासीहरुलाई हटाउने पक्षमा रहेको बताएका समाचारस्रोतहरु बताउछन।
पोखरा बसपार्क बनाउन अधिग्रहण गरिएको जग्गा मध्ये पृथ्वी राजमार्ग निर्माण गर्दा प्रयोग भएको जग्गा बाहेकको सम्पूर्ण जग्गामा बसपार्क बनाउन उनीहरु एक मत देखिएका समाचारस्रोतहरु बताउछन। पोखरा बसपार्कमा बसोबास गरिरहेका अब्यस्बस्थित बसोबासी र सुकुम्बासीहरुलाई उचित ब्यबस्थापन गर्नुपर्ने उनीहरुले निर्णय गरेका छन्।
प्रस्तावित बसपार्क क्षेत्रबाट सुकुम्बासी तथा अब्यबस्थित बसोबासीहरुलाई हटाएर बिभिन्न निर्णयहरुको बहानामा निर्माण गरिएका घरटहरा जोगाउने काम कदापि स्वीकार्य नहुने उक्त बैठकमा सहभागी राजनीतिक नेताहरुले स्पस्ट पारेका छन्।
पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका अब्यबस्थित बसोबासी र सुकुम्बासीहरुलाई उक्त क्षेत्र खाली गर्न पोखरा महानगरपालिकाले दिएको ३५ दिने सुचनाको म्याद आउने जेठ ९ गते सकिदैछ। उक्त म्याद सकिए पछि फेरी सर्वदलीय बैठक बसेर एक उच्चस्तरीय समिति बनाई पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका अब्यबस्थित बसोबासी र सुकुम्बासीहरुलाई ब्यबस्थापन गर्ने कार्य योजना बनाउने र सोही अनुसार अघि बढ्ने तयारीमा राजनीतिक दलहरु रहेका प्राप्त समाचारमा जनाइएको छ।
यता पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको आह्वानमा आयोजित सर्वदलीय बैठकमा नगर प्रमुख आचार्य सहित उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, दलका नेताहरू दिवसमान प्रधानाङ्ग, राधिका कुमारी शाही योगी, कास्कीमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकमा नगर क्षेत्रमा रहेको सार्वजनिक जग्गा संरक्षण, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन, पोखरा बसपार्क निर्माण, फिर्केखोलाको खोलाघर खाली गर्ने लगायतका समसामयिक विषयहरूमा छलफल भएको पोखरा महानगरपालिकाले जनाएको छ ।