सशस्त्रका यी १३ डिएसपी बढुवा सिफारिसमा : हुने भए एसपी

सशस्त्रका यी १३ डिएसपी बढुवा सिफारिसमा : हुने भए एसपी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ जेष्ठ २०८३
  • 1.3K
    Shares

पोखरा, ६ जेठ २०८३।

सशस्त्र प्रहरीको साधारण समूहतर्फका १३ जना नायब उपरीक्षक (डीएसपी) हरूलाई उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवा सिफारिसको सूचना प्रकाशन गरेको हो ।

बढुवा सिफारिस हुनेमा हरिबहादुर गुरुङ, दीपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दीपकबहादुर कुँवर, किरणकुमार कठायत, दीपकबहादुर विष्ट, भुवनसिंह ठकुरी, रामचन्द्र थापा, जगतसिंह डागा, नवीन सिंह राई र पङ्कज पौडेल छन् ।

बढुवा समितिका सदस्य सचिव डीआईजी दीपक अधिकारीले जारी गरेको सिफारिस सूचना अनुसार माथिल्लो पदमा बढुवा नियुक्ति पश्चात् रिक्त हुन आउने पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो । सिफारिस उपर चित्त नबुझेमा प्रतिस्पर्धीहरूले सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिनुपर्ने छ ।

प्रतिक्रिया