रास्वपा सांसद आशिका तामाङ्ले ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई थर्काइन् (भिडियोसहित)

रास्वपा सांसद आशिका तामाङ्ले ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई थर्काइन् (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ जेष्ठ २०८३
  • 1.1K
    Shares

पोखरा , ६ जेठ २०८३।

काठमाडौंको थापाथली चोकमा ट्राफिक प्रहरीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङको भनाभन भएको छ।

सर्वसाधारण सवारी साधनभन्दा केही अगाडि बढेर रोकिएको गाडीबारे ड्युटीमा रहेका ट्राफिक प्रहरीले सोधपुछ गरेपछि सांसद तामाङ गाडीबाट ओर्लिएर असन्तुष्टि जनाएकी हुन्।

प्रत्यक्षदर्शीका अनुसार केही समय जाममा परेपछि आक्रोशित मुद्रामा गाडीबाट बाहिरिएकी उनले त्यहाँ रहेका अर्का ट्राफिक प्रहरीलाई इशारा गर्दै नियमबारे जानकारी गराउन आग्रह गरेकी थिइन्।

“उहाँलाई सम्झाउनुस्, ग्रीन सिग्नल बल्दा पनि गाडी रोकेर राखिएको छ । यता सर्वसाधारण जाममा फसिरहेका छन्, यो तरिका भएन,” तामाङले भनेकी थिइन्।

व्यस्त मानिने थापाथली चोकमा सांसद स्वयं सडकमा उत्रिएर ट्राफिक व्यवस्थापनप्रति प्रश्न उठाएपछि केही समय सवारी आवागमन थप प्रभावित बनेको बताइएको छ।

प्रतिक्रिया