एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् । को-पाइलट सन्तोष राना विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।
नेपालगञ्ज
बाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए । घाईते हुनेमा जुम्ला जिल्ला चन्दनाथ नगरपालिका ५ का गणेश भटट्चन,उनको छोरी सोनालि भट्टचन, धनजय केसी, चन्दनाथ नगरपालिका ६ का जगदम्बा खत्रि ९गिरी० उनको छोरा अनिल गिरी र मेघराज गिरी,चन्दनाथ नगरपालिका ८ कार्कीवाडाका लक्ष्मि सुनार रहेका छ
न् । त्यसैगरी जुम्ला जिल्ला पटमारा गाविस रिमीका लक्ष्मण खड्का घाईते भएका छन् भने भिटामिन कार्यक्रमका लागि जुम्ला यात्रा गरेका नुवाकोट जिल्ला थाम्सिंग गाविस ३ हाल काठमाडौ स्वयम्भु मिलनचोकमा बस्दै आएका ध्रुबप्रसाद भण्डारी घाईते भएको उद्यारमा खटिएका स्थानियवासी नन्द कटुवालले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले भने-बलपूर्वक अवतरण गर्ने क्रममा अगाडिको भाग खेतमा जोतिएको छ । त्यसले पाइलट र कोपाइलटको मृृत्यु भएको देखिन्छ ।’
विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्थामा गम्भीर छ । प्रजिअ श्रेष्ठका अनुसार अहिले श्री एयरको हेलिकोप्टर घटनास्थल पुगेको छ ।
शुक्रबार कालिकोटमा भएको काष्ठमण्डप एयरको जहा
ज दुर्घटनामा निधन भएका को-पाइलट सन्तोष राना पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाका कन्छा छोरा हुन्। रानाका दु
ई छोरामध्येका कान्छा सन्तोषले फिलिपिन्सबाट पाइलट कोर्श गरेका थिए।
रानाले अमेरिकामा तालिम लिएर २०७१ सालमा उडानको लाइसेन्स लिएका थिए। २०७२ साल बैशाखदेखि उनी काष्ठमाण्डप एयरमा सम्बद्ध भएका थिए।रानाको घर पाल्पा हो।