चीनमा भवन भत्किँदा २२ को मृत्युः बाबु-आमाले थिचेका कारण एक बालिका बचिन्

चीनमा भवन भत्किँदा २२ को मृत्युः बाबु-आमाले थिचेका कारण एक बालिका बचिन्


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ असोज २०७३
  • 10.6K
    Shares

चीनमा आवासीय भवन भत्किँदा २२ जनाको मृत्यु भएको छ । ६ जनाको जिवितै उद्दार गरिएको छ । बाबुआमाको शवले थिचेका कारण एक बालिका बाँचेकी छिन् । चीनको पूर्वी झिजियाङ प्रान्तमा चारवटा आवासीय भवन भत्किँदा २२ जनाको मृत्यु भएको समाचार संस्था बिबिसीले जनाएको हो ।

चीनको झिजियाङ प्रान्तका गाउँलेले बनाएको भवन निकै जीर्ण अवस्थामा पुगेको थियो । मारिनेमा धेरै जना सस्तो भाडाका कोठामा बस्ने श्रमिक परेको खबरमा उल्लेख छ ।

ग्रामीण क्षेत्रका गरिब परिवारका लागि बनाइएको आवास क्षेत्रका चारवटा भवनभत्किएको चीनको सरकारी समाचार संस्था सिनह्वाले जनाएको छ । उद्धार तथा राहतका लागि झण्डै ८ सय सहायताकर्मी खटिएका छन् ।

प्रतिक्रिया