प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो

प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ माघ २०७२
  • 13K
    Shares

जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार ५ हजार ४४ जनाका लागि भर्ना खुलेको हो । खुल्ला तर्फ २ हजार ९ सय ३४ जना, अमर/अशक्त प्रहरी परिवार तर्फ १०९ जना र आदिवासी जनजातितर्फ ७६८ जनाका लागि भर्ना खुलेको छ । यसैगरी मधेसी तर्फ ६७२, महिला ४८०, दलित ३६० र पिछडिएको क्षेत्रतर्फ १२१ जना माग गरिएको छ ।

यही माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दरखास्त दिन सकिनेछ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरबाट दरखास्त फारम वितरण हुनेछ ।

यसैगरी पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फाराम पाइनेछ ।

दरखास्त दस्तुर १ सय रुपैयाँ लाग्ने  छ । एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारहरुको हकमा भने प्रत्येक समूहका लागि २० प्रतिशत अर्थात् थप २० रुपैयाँको दरले दस्तुर लाग्ने छ ।

जवान पदमा दरखास्त दिन कम्तिमा ८ कक्षा पास भएको हुनुपर्ने र १८ बर्ष पूरा भई २३ बर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया