विवादित दूरसञ्चार प्राधिकरणका अध्यक्ष झालाई हटाउन माग गर्ने “कुखुराको चल्ला”

विवादित दूरसञ्चार प्राधिकरणका अध्यक्ष झालाई हटाउन माग गर्ने “कुखुराको चल्ला”


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ पुष २०७५
  • 6.2K
    Shares

नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ नेतालाई ‘कुखुराको चल्ला’को संज्ञा दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन माग गर्दै हस्ताक्षर बुझाउने नेतालाई उनले चल्लाको संज्ञा दिएका हुन्।

‘एउटा चल्लोले भुइँमा ठुगेपछि सबै चल्ला उसको पछि दौडिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘दिगम्बर झाको केसमा मेरो मुखमा चारो पर्नु न नपर्नु, सबै चल्ला मेरो पछाडि कुदेर हैरान खेलाए। चल्ला मेरो अघिपछि लागेको लाग्यै गरे।’

ओलीले सर्वोच्च अदालतमा दायर भएको रिट फिर्ता गरेर फेरि आवेदन दिएपछि उनलाई नियुक्त गरेको प्रष्ट पारे।

‘रिट फिर्ता गरेर ब्याक भएका झाले फेरि भ्रष्टाचार नगर्लान भन्ने ठानेर नियुक्त गरिएको हो’, ओलीले स्पष्टिकरण शैलीमा भने, ‘तर, आजै उहाँले राजीनामा दिएको जानकारी यहाँहरुलाई गराउन चाहन्छु।’

नेकपा नेताहरुले भने विवादमा मुछिएका व्यक्तिलाई फेरि नियुक्ति गर्दा गलत सन्देश गएको भन्दै हस्ताक्षर बुझाएको दाबी गरेका छन्।

‘बदनाम मान्छेलाई नराख्नु भनेर हामीले दबाब दिएका थियौँ’, बैठकपछि अन्नपूर्णसँग कुरा गर्दै नेकपा नेतृ रामकुमारी झाँक्रीले भनिन्, ‘त्यसको सुनुवाइ सरकारले गरेको छ। अब सरकारले सही बाटो समाएको महसुस हामीले गरेका छौँ।’

 

प्रतिक्रिया