“भतिजीको राजनैतिक चासो” : महादीप पोख्रेल

“भतिजीको राजनैतिक चासो” : महादीप पोख्रेल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ भाद्र २०७५
  • 8.9K
    Shares

एक दिन मेरी भतिजीले मलाई सोध्दै थिइन- ठूलो बुवा ,दलाल पुजिबाद भनेको के हो, अहिले नेपालमा दलाल पुजिबाद छ रे नी ? लौन मलाई बुझाई दिनु पर्‍यो!! उनको यस्तो जिज्ञासा सुनेपछि मलाई एकछिन गम्दै एउटा कथा भन्ने बिचार आयो ,कथा यस्तो छ:–
सुन नानी ,नेपालमा कालीगण्डकी भन्ने नदी छ।उक्त नदी मुस्ताङ देखि तनहुँको देबघाट सम्म बग्छ र देबघाटमा त्रिसुली सँग मिसिएपछी नदीलाई नारायणी पनि भनिन्छ।यही कालीगण्डकी नदीमा बागलुङ र पर्बतको सिमाना पनि पर्छ।वारि पर्बत बाट बागलुङको बलेवा जानको निम्ति एउटा घाट छ।त्याहाँ पुर्ख्यौली बोटे पेशा गर्ने राजु घर्ती छन र उनले नदी तर्ने मानिसहरुलाई आफ्नै डुंगामा नदी तारीदिने गर्छन।

त्यस बापतमा मानिसहरू उनलाई पाँच रुपैया दिन्छन र कसैकसैले चाहिँ अलिकति आलु,चामल ,चिनी जस्ता चिजबिज पनि दिने गरेका छन भने पैसो र चिजबिज पनि नहुदा कतिपयलाई उनले फ्री मै पनि तारिदिने गरेका छन।ब्यबसाय र सानो डुङ्गा समेत आफ्नै र मानिसहरुको सेवा पनि हुनेहुदा उनी खुशी नै छन।

कहिलेकाही दशै,तिहार ,तिज जस्ता चाडपर्वमा दयालु मन हुनेहरुले राजुलाई घरमै बोलाएर मीठो खानेकुरा दिन्छन पनि।यो पेशा उनको पुर्ख्यौली हो,उनले आफ्ना हजुरबुबाले पनि यस्तै गरि मान्छेलाई नदी तारिदिएका देखेका थिए।हजुरबुबा बिती सकेका छन र अहिले उनका बुवा रोगले थलिएपछी जिम्मेवारी राजुको काँधमा आएको हो।मेरी भतिजीलाई हतारो भयो ,छिटो भन्नुस न ठूलो बुवा कथा बाचेर के भन्न खोज्नु भएको हो? म भन्दै गए- हेर नानी ,अहिले देशमा गणतन्त्र आएको छ र देशमा दुईदुई वटा चुनाव पनि भैसकेको छ।

देशमा आफुलाई बामपंथी भन्नेहरुको सरकार छ र उनिहरु आफुलाई समाजबादी पनि भन्छन।भतिजीलाई असह्य भएछ क्याहो कराउन थालिन,छिटो भन्नुस न – नदीमा डुङ्गा चलाउने राजु अहिले के गर्दैछ,कि अरब तिर गयो?मैले भने होइन राजु अरब तिर गएको छैन,अरब तिर त उस्का दुई भाइ गएका छन,गाउँकै साहु सँग सयकडा ३% मा ऋण काढेर २ लाख लिएको छ।दुई बर्ष भयो तिर्न सकेको छैन,कुन दिन घरबारी जाने हो !! एउटी दिदी कहाँ पुगिन अत्तोपत्तो छैन ,मामा पर्नेले जागिर लगाईदिन्छु भनी ईन्डिया लगेको ८ बर्ष भएछ।अनि एउटी बैनी पनि छन,७ कक्षामा पढ्दै छिन।अँ , अब सुन राजु के गर्दैछ !! स्थानीय चुनाब भैसके पछी यता पर्बत र उता बागलुङ तिर दुबै ठाउँमा नगरपालिका गठन भएको छ।अहिले दुबै तिरका नगरपालिकाले कालीगण्डकी नदी तर्दा रु पचास शुल्क लगाएका छन।मेरी भतिजी हौसिदै सोध्न थालिन- ओहो उसोभए त राम्रो भयो नी, अब राजु धनी हुने भयो,आफ्नो बैनीलाई कलेज पढाउन सक्छ होला।म भन्दै जान्छु तर त्यस्तो भएन।त्याहाँ त दुबै किनार तर्फ दुईजना ठेकेदार आए।नगरपालिकामा ५० औ लाख खर्च गरेर ठेक्का लिएका हुन अरे।उनिहरुले राजुको डुङ्गा पनि रु २ हजार दिएर किने।राजुको अब डुङ्गा पनि भएन,ठेकेदारले लियो र अरु ४ वटा डुङ्गा थपेको छ।पर्बत बाट बागलुङ तिर जादा एउटा ठेकेदारको कर्मचारीले रु ५० को रसिद काट्छ भने बागलुङ तिर बाट पर्बत आउँदा अर्को ठेकेदारको कर्मचारीले रु५०को रसिद काट्छ।अनि राजुलाई के भयो,के ठेकेदारले उस्लाई निकाले ??

उस्ले नै भोट हालेर जिताएका मेयर ,उप-मेयर के हेरेर बसेका छन,उनिहरुले राजुलाई अर्कै जागिर दिएनन??भतिजीले एकै सासमा आफ्नो कुरो सिध्याइन।मैले भने होइन नानी नेताहरूलाई त बिचरा राजुको ब्यथा केही वास्तै छैन।राजुले अहिले पनि डुङ्गा नै चलाउछ तर आफ्नै होइन ,ठेकेदारको मजदुर भएर।उस्ले मासिक रु ५००० पनि पाउछ।ठेक्का पाउन ५० लाख खर्च गरेको ठेकेदारले कति कमाउछ उस्लाई थाहा छैन,सोध्ने हिम्मत पनि छैन।फेरि ठेक्का लिदा नगरपालिकामा त जम्मा २५ लाख जम्मा गरेको रहेछ,बाँकी २५ लाख त स्थानीय गुण्डा,कर्मचारी र नेताहरू मिलेर गोजीमा हालेका रहेछन।

भतिजी जंगिन पो थालिन त , यो त भएन, काम गर्ने राजु जस्को पुर्ख्यौली पेशा पनि थियो र आफ्नै डुङ्गा पनि।सानै र थोरै आम्दानी भएपनी उ मालिक थियो,अहिले त उ कर्मचारी पनि होइन ,दास जस्तो भएछ।

नाफा जति अरुलाई अनि उसलाई महिनाको जम्मा पाँच हजार !!उताभने रु पाँच तिरेर सुख पाउने जनतालाई पटकै पिच्छे रु ५० को सास्ती ?? अब के गर्छ राजुले , मलाई यस्तो ब्यबस्था मन परेन,भन्नुहोस ठुलोबुवा यस्तो ब्यबस्थालाई के भन्छ?? मैले शान्त हुँदै भने- नानी,यहि हो दलाल पुजिबादी ब्यबस्था,जहाँ बिचौलिया र कमिसनखोरहरु मात्र मोटाउछन,राजु जस्तो गरिब र मजदुर होइन,अनि जनता पनि ढाड सेकिने कर बाट आक्रान्त हुन्छन किनकी ५० लाख खर्च गरेको ठेकेदारले पनि करोड कमाउनु छ र राज्यले पनि जनताको होइन ठेकेदार कै संरक्षण गर्दछ।राज्यले ग्यारेन्टी गर्नुपर्ने गाँस,बास,कपास,शिक्षा र रोजगारीको स्थिती अस्तब्यस्त र दयनीय हुन्छ।

त्यसपछी मैले कहिल्यै उनलाई दलाल पुजिबाद,प्रगतिशील पुजिबाद,समाजबाद बारे बुझाउन परेको छैन।बरु हामी आजकल बहस गर्छौ।नयाँ नयाँ अहिले बिकास भएका बर्निङ इस्युहरु र अर्थ राजनिती बारे मलाई नै उनले सिकाउछिन त बरै।

 

प्रतिक्रिया