ऐतिहासिक विद्यार्थी आन्दोलन र उपलब्धीहरु : आस्था नेपाली

ऐतिहासिक विद्यार्थी आन्दोलन र उपलब्धीहरु : आस्था नेपाली


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ बैशाख २०७५
  • 24.6K
    Shares

समाजको प्रगति सङसगै रुपान्तरणका बाधक शक्ति र प्रवृत्ति का विरुद्ध लडने क्रममा संगठीत जुझारु आन्दोलनको अर्को नाम नेपाली विद्यार्थी आन्दोलन हो ।सम्पूर्ण विद्यार्थीहरुलाई एकीकृत गरि अखिल नेपाल सम्मेलन नामको संगठनको स्थापना २०२२ जेष्ठ १ गते भएको हो । यो संगठन स्थापना हुनुमा एउटा ऐतिहासिक कारण छ ।

आज भन्दा झन्डै ५४ वर्ष अगाडी नेपालको शिक्षा तत्कालिन राजाहरुको इसारामा चल्ने गरेको थियो । जसलाइ हामी शाहि ‘कु’ को शासन पनि भन्थ्यौं । त्यती बेला शाहि ‘कु’को निरङकुस हर्कतले आम नेपाली जनताको हक अधिकारलाई कुण्ठित गरेको थियो ।आफ्ना हक अधिकारलाइ गिरफ्तार गरेर राखेकोमा आम संघर्षशिल विद्यार्थीहरुले सहन नसकेकै कारण फेडरेसन भुमिगत हुन वाध्य भएको थियो । फेडेरेसनको भुमिगत, आम संघर्षशिल यूवा विद्याथीहरुको आक्रोशलाई शाहि ‘कु‘ले थेग्न सकेन र २०१८ मा फेडेरेसनको बैठक बसि स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को नारा दिइ विद्यार्थी आन्दोलन अगाडी सार्ने निर्णय गर्यो ।

त्यस पछि उपत्यता कलेजहरुमा विद्यार्थीहरु को सम्मेलनहरु पनि भए र सम्मेलनले यूवा विद्यार्थीलाइ एउटा नयाँ उर्जा पैदा गरेको थियो । जसले उनीहरुलाइ शिक्षा क्षेत्रमा भएका तमाम विकृति विसङ्गतिका विरुद्ध, गोर्खाभर्ती केन्द्रको खारेज, असमान सन्धिहरुको विरोध गर्ने आन्दोलनको क्रममा बन्दी बनाइएको विद्यार्थीहरुको रिहाइको माग र स्ववियुूको पूनर्वहालीजस्ता मागहरु राख्दै निर्णय पारित भयो । सम्मेलन सफल भएको खुसीयालीमा जेष्ठ १ गते सम्पूर्ण हजारौ विद्यार्थीहरुको सहभागितामा विशाल जुलुस निकालि प्रर्दशन गरेका थिए । उत्त प्रर्दशनमा सरकारले जंगलिले झै अमानवीय आक्रमण गर्यो। आक्रमणको विरुद्धमा विद्यार्थीहरुले उपत्यका भित्रमा शैक्षिक हड्ताल जस्ता कडा संघर्षमा उत्रिएका थिए जस्ले गर्दा सरकार र विद्यार्थी बिच वार्ता बसि केहि सम्झौता भएको थियो ।

विजय हासिल गरेको यहि दिनलाइ  विद्यार्थी दिवसको रुपमा मनाउँदै आएका छन। राणकालमा उदाएको विद्यार्थी आन्दोलन राणाकालको अवसान सँगै यसको आकार पनि उत्तीकै बढ्दै गयो । विद्यालयहरु स्थापन हुदै गए, विद्यार्थीहरु थपिदै गए, विद्यार्थीका मागहरु थपिदै गए र विद्यार्थीहरुको क्रियाशिलता पनि उत्तीकै बढ्दै गयो र आम विद्यार्थीहरु संगठित हुने प्रेरण मिल्यो । यसले विद्यार्थीहरु संगठित गर्ने राजनीतिक ज्ञान दिने र राज्यसत्ताको विरुद्ध सक्रिय पाइला चाल्ने माध्यम स्ववियूले बनायो । विद्यालय स्थापना भएता पनि शिक्षा सिमित वर्गको लागि मात्र भएका कारण हुदा खाने भन्दा हुने खाने ले  मात्र शिक्षा पाउने तर गरिब निमुखा जनताले नपाउने परिपाटी थियो ।

शाही दमन र निरङकुसताका कारणले गरिब जनताको स्वतन्त्रता, अधिकारमाथि भएको ज्यादतीको कुनै न कुनै माध्यम बाट अन्त्य हुने वाला थियो र त्यो अन्त्य २०२२ साल जेष्ठ १ गते भयो । त्यसपछि हुने खाने विद्यार्थीहरु पनि संगठित हुदै गए । विद्यार्थी संगठन स्थापना भएको करिब पाँच दशक पूरा भइ सकेको छ । यो विचमा नेपाली विद्यार्थीहरुले थुप्रै आन्दोलनहरु , आन्दोलनको क्रममा अनेकौं मोडहरु, उतार–चढाव तथा एकता र संघर्षका लहरहरु पार गर्दै अगाडि बढेको छ । यसरी अगाडी बढ्दै गर्दा विद्यार्थीहरु फुटदै गए र विभिन्न संगठनको नाममा स्थापित हुदै गए ।

आज मुलुकमा राजनीतिक पार्टी स्वतन्त्र पूर्वक हिडने वातावरण विद्यार्थी आन्दोलनको उपज हो । विद्यार्थी आन्दोलनको जगमा टेकेर राजनीतिक पार्टीहरुले लोकतान्त्रीक गणतन्त्र स्थापना गरेको थियो । तर आज अखिल नेपाल सम्मेलन स्थापना भएको पाँच दशक पुरा हुदै गर्दा नेपाली राजनीतिमा पनि अनेकौं उतारचढाव आए । जति जति राजनीतिक परिवेश फेरिदै गए त्यति त्यति भारतिय हस्तक्षेप पनि बढ्दै गयो । हिजो पन्चायतको विरुद्ध, शाही ‘कु’ को विरुद्ध, राष्ट्र घाती सन्धी सम्झौता का विरुद्धमा जसरि विद्यार्थीहरुले सिमाना मा खुकुरी नचाएका थिए आज पनि दलाल, भ्रष्ट, शैक्षिक माफियाको विरुद्धमा,राष्ट्रियताको पक्षमा फेरि आन्दोलनलाई उठाउने बाटोमा सम्पुर्ण विद्यार्थीहरु कहि कतै नचुकीकन अगाडि बढ्न आवश्यक छ । तसर्थ अबको विद्यार्थी आन्दोलन र नेपालको राजनितीलाई कस्तो बनाउने भन्ने सन्दर्भमा आजको विद्यार्थीहरको सचेतता पुर्वक पहलकदमि जरुरी हुन आएको छ ।

लेखिका आस्था नेपाली, अखिल(क्रान्तिकारी) कास्की जिल्ला, सचिव हुन् l 

प्रतिक्रिया