पोखरा, २२ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण पर्यटकीय नगरी पोखरा प्रभावित बनेको छ ।
दुईपााग्रे सवारी साधनहरु तथा केही नीजि सवारी साधनहरु फाट्टफुट्ट चलिरहेका छन् भने अन्य सवारी साधन तथा औषधिपसलहरु बन्द छन् ।
सदाको शनिबार जस्तै आज शनिबार भएकाले पोखरामा उद्योग व्यवसाय, कलकारखाना तथा साना पसलहरु बन्द हुने गर्छन् ।
बन्दमा पैदल यात्रीलाई सहयोग पुगोस भनेर सशस्त्र प्रहरीले एउटा गाडी सञचालन गरेको छ ।