बास्तोला कुल सेवा समितिको प्रदेश ४ को भेला मूलथलो पोखरा महानगरपालिका वडा २५ स्थित हेम्जामा शनिबार हुने
भएको छ।
बास्तोला कुल सेवा समिति नेपालको केन्द्रीय सचिवालयको निर्णय अनुरुप हेमजास्थित रहेको कुल मन्दिरको नवनिर्मित बहुउद्देश्यीय
भवनमा प्रदेश भेला हुने प्रदेश संयोजक एवं केन्द्रीय उपाध्यक्ष दामोदर बास्तोलाले जानकारी दिए। प्रदेश सभाको लागि आवश्यक तयारी पूरा भएको सल्लाहकार डा. अर्जुन बास्तोलाले जानकारी दिएका छन्। त्यस्तै भेला सम्पन्न गर्न बिभिन्न समिति गठन गरिएको छ। भेलामा प्रदेश ४ मा रहेका विभिन्न जिल्लास्तरीय र नगरस्तरीय समितिका करिब ५ सय बास्तोला प्रतिनिधिको सहभागिता रहने भएको छ।
भेलाले प्रदेश समिति विस्तार गर्नुका साथै संगठन विस्तार एवं अन्य विभिन्न रणनीतिक प्रस्ताव आवश्यक छलफल गरी पारित गरिने संयोजक दामोदर बास्तोलाले जानकारी दिएका छन्। बास्तोला कुल सेवा समितिको संगठन पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म फैलिएको छ। मुलुकको नयाँ संरचना अनुरुप समितिले पहिलो पटक प्रदेश भेलाको आयोजना गर्न लागेको हो।