भाइरल रुघा अनि ज्वरोलाई निकोपार्न बिर्सनै नहुने ५ कुरा

भाइरल रुघा अनि ज्वरोलाई निकोपार्न बिर्सनै नहुने ५ कुरा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ साउन २०७३
  • 37K
    Shares

धुलो, धुवाँ अनि मौसम परिवर्तनले भाइरल ज्वरो अनि रुखा खोकी बढेको छ। अझ काठमाडौंको विशेष धुवाँ धुलो युक्त हावा, मानिसको चाप र अस्वस्थकर बानी व्यवहारले झनै विकराल रुप लिदैँ गएको छ। सामान्य रुखा लाग्ने बित्तिकै आत्तिएर डाक्टरको शरणमा पुग्ने, एन्टिबायोटिक खाने अनि फेरी रोगको लागि शरीर तयार राख्ने प्रचलन बनेको छ। नियमित चेकअपको लागि अस्पताल जानु राम्रो बानी हो, तर भाइरल इन्फेक्सनबाट आफै पनि बच्न सकिन्छ।

भिटामिन डी:
भाइरल इन्फेक्सनबाट बच्न शरिमा भिटामीन डी पर्याप्त हुनु निकै आवश्यक हुन्छ। भिटामिन डीको सबैभन्दा उत्तम स्रोत हो सूर्यको प्रकाश। दैनिक कम्तिमा २० मिनेट शरिरको छाला घाममा राख्नु जरुरी हुन्छ।

जलन स्वीकार्नु:
शरिरमा भाइरसले एट्याक गरेपछि भाइरससंग लड्न शरिरले एन्टीबडी बनाउन सुरु गर्छ। फलत: शरिरको तापक्रम केही बढ्नु सामान्य हो। ज्वरो आयो भने बुझ्नुस् की शरिरले भाइरससंग लड्न उपयुक्त वातावरण बनाउँदै छ। त्यस्तै रुखा लाग्दा सिगान बग्ने सामान्य प्रक्रिया हुन। यी सबै शरिरले भाइरस विरुद्ध चलाएको अभियान हो। पिडादायी होला, तर शरिरको यस्तो प्रक्रिया स्वीकार गर्नुस्। सामान्य अवस्थामा सिटामोल, एन्टिबायोटिक खाएर यस्ता प्रतिक्रिया रोक्ने गर्नु हुँदैन।

भिटामिन सी अधिक खानुस्:

भिटामिन सीले ब्याक्टेरिया अनि भाइरस मार्ने गर्छ। अमिलो पिरो चीजमा भिटामिन सी बढी पाइन्छ। साथै मेडिकलबाट भिटामिस सीको क्याप्सुल किनेर खान सकिन्छ।

पर्याप्त पानी खानुस्, आराम गर्नुस:
शरिरमा पानीको अभाव हुन नदिनुस्। ज्वरो आएको छ भने पसिना आउँछ। साथै शरिरलाई यो क्षणमा पानीको निकै आवश्यकता महसुस हुन्छ। भाइरस, ब्याक्टेरि विरुद्ध एन्टीबडी बनाउँदा शरिरले पानी बढी खपत गर्छ। मन लागेन भनेर पानी नखादाँ रोग लम्बिन्छ, झनै दुख हुन्छ। पर्याप्त पानी खाइ आराम गर्नुस्।

मास्क लगाउनुस्:
तपाईलाई रुखा खोकीले ग्रस्त बनाएको छ भने बाहिर निस्कदा मास्क लगाउनुस्। मास्क लगाउँदा धुलो धुँवाले थप प्रभाव पार्न सक्दैन अनि तपाईको रोग अन्यलाई फैलिने सम्भावना कम हुन्छ।

रुघाखोकीबाट ग्रसित हुँदा कस्तो फलफूल खाने र कस्तो नखाने?

रुघा र खोकी एकैचोटि लाग्दा तपाईँले के बुझ्नुपर्छ भन्दा तपाईँको प्रतिरक्षा प्रणाली (Immunity System) कमजोर हुँदै गएको छ अथवा एलर्जीले सताइरहेको छ। यस्तो बेलामा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्दछ। विशेष गरी आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनमा तपाईँको जोड हुनुपर्दछ। यदि रुघा र खोकीको बेलै रोकथाम गर्न सकिएन भने यसले ठूल्ठूला समस्या निम्त्याउन सक्दछ अनि पछि उपचार नै गर्न नमिल्ने हुन सक्छ।

अनि तपाईँको प्रतिरक्षा शक्तिलाई बलियो बनाउने एउटै उपाय भनेको ‘भिटामिन-सी’ हो। अनि भिटामिन-सी पाइने खानेकुराहरूमा फलफूल तथा सागसब्जी मूख्य पर्दछन्। तर कतिपयले के अन्धविश्वास गर्छन् भन्दा रुघाखोकी लागेको बेलामा फलफूल खानुहुँदैन। यो सरासर मिथ्या हो। हो, फलफूल खानुहुँदैन, तर कुहिएको, गिल्थिलिएको अनि सङ्क्रमण भएको फलफूल खानुहुँदैन।

तसर्थ आजको स्वास्थ्य अङ्कमा हामी तपाईँहरूलाई रुघाखोकी लागेको बेलामा कस्तो फलफूल खान हुन्छ, कस्तो फलफूल खान हुँदैन भन्ने बारेमा प्रष्ट्याउन गैरहेका छौँ। सायद यसले तपाईँको रुघाखोकीको समस्यामा राहत दिन पो सक्छ कि?

रुघाखोकीलाई बुझ्दाः

रुघाखोकी लाग्दा शरीरबाट सिँगान र खकारको पैदा हुने क्रम बढ्दछ अनि नाकको द्वार र घाँटीमा गएर टाँस्सिन्छ। जसले गर्दा नाक टाल्लिने, सास फेर्न गाह्रो हुने, खोक्दा भित्रपट्टी कफ अड्किएको जस्तो हुने हुन्छ।

शरीरमा यस्ता खकार र सिँगानको मात्रा बढि भएमा निर्जलीकरणको समस्या आउन सक्दछ। त्यसैले गर्दा रुघा र खोकी लागेको बेलामा पौष्टिक तत्वले भरिपूर्ण भएको खानेकुराहरू खानु जरुरी हुन्छ। ताजा फलफूल तथा सागसब्जीमा प्रशस्तै पौष्टिक तत्वहरू पाइन्छन्, त्यसकारण नै आफ्नो दैनिक खानामा यसलाई मिसाउनु अपरिहार्य हुन आउँछ।

विशेष गरी रसिलो फलफूलले रुघाबाट राहत प्रदान गर्दछ। अनि शरीरमा पानीको मात्रा कमि हुन नदिनको लागि सफा (अथवा तातो) पानी वा अन्य तरल पदार्थ पिउनुपर्दछ। ताजा फलफूल तथा सागसब्जीलाई काँचै खाँदा रुघाको लागि फाइदाजनक हुन्छ। पकाएर अथवा फ्राइ गर्दा त्यसको पौष्टिक मूल्यमा ह्रास आउँदछ।

कस्तो फलफूल खाने?

भिटामिन-सी भएका फलफूलहरू रुघा र खोकीको लागि जरुरत पर्दछ। सबैभन्दा धेरै मात्रामा भिटामिन-सी ‘कागती’मा पाइन्छ। यसले तपाईँको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ। दिनहुँ कागतीको जुस र मनतातो पानी पिउनाले निर्जलीकरण हुनबाट बचाउनुको साथै प्रतिरक्षा प्रणालीलाई पनि बलियो गराउँदछ।

सुन्तला पनि भिटामिन-सीको राम्रो श्रोत हो। यसको जुस र मनतातो पानी पिउनाले खोकीबाट समेत राहत प्रदान गर्दछ। स्ट्रबेरीमा पनि प्रशस्तै भिटामिन-सी पाइन्छ। रुघाखोकी सँग लडाइँ गर्ने हो भने विभिन्न प्रकारका भिटामिन-सी युक्त फलफूल सेवन गर्नु राम्रो उपाय हुन्छ। किनभने यिनीहरूमा पाइने फाइबरले पेटलाई भरि बनाउनुको साथै प्रतिरक्षा प्रणाली बलियो बनाउने सेतो रक्तकोषलाई समेत मद्दत गर्दछ।

भिटामिन-सी भएको फलफूल चिन्ने तरिका सजिलो छ। जुन फलफूलको स्वादमा हलुका अमिलोपना मिस्सिएको हुन्छ, त्यसमा भिटामिन-सी पाइन्छ भनेर बुझ्नुपर्दछ। जस्तै; भुइँकटहर, आरु, अङ्गुर, लिची, चेरी, अनार, हलुका काँचो स्याउ, अमला, नासपति आदि।

कस्तो फलफूल नखाने?

जुन फलफूलमा बढि गुलियो अनि चिल्लोपना हुन्छ, त्यस्तो फलफूलले रुघा र खोकीको लागि राहतको सट्टा समस्या थप्ने काम गर्दछ। जस्तै; केरा, गाँजर, नरीवल, मेवा, गुलीयो अनि बढि पाकेको स्याउ, अम्बा, बँगेर, आदि। रुघाखोकी लागेको बेला यस्ता फलफूलले स्वासप्रश्वासमा बाधा पुर्याउँदछ।Fruits to eat and not to eat during cold and cough

यसलगायत रुघाखोकी लागेको बेलामा दूग्धपदार्थहरू पनि खानुहुँदैन। जस्तै; दूध, चिज, दही, कुल्फी, आइसक्रिम, मही, आदि। सकेसम्म गुलियो खानेकुराहरूलाई टाढा राख्दा नै रुघाखोकी सँग लड्न सहज हुने गर्दछ।

प्रतिक्रिया