काठमाडौं, २४ असोज २०८३।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँच विद्यार्थी नेतालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सचिव हिक्मतकुमार बुढा, आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्का, स्ववियु सदस्य कुलबहादुर बुढा, तेजप्रकाश सञ्जेल र विद्यार्थी रमन उपाध्याय रहेका छन्। उनीहरूलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ।
त्रिविको सिनेट बैठकपछि विश्वविद्यालय प्रशासनले स्ववियु हटाउने तयारी गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरूले उपकुलपति थापासमक्ष विरोध जनाएका थिए। सोही क्रममा दुर्व्यवहार तथा धम्की दिएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।