पोखरा, १८ असोज २०८३ ।
खराब मौसमकाकारण भारतको लखनऊतर्फ डाइभर्ट भएको एयर दुबैको जहाज फेरि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
पोखरा – खराब मौसमका कारण दुबईबाट आएको फ्लाई दुबईको जहाज पोखराको आकाशमा पाँच फन्का लगाएपछि भारतको लखनऊतर्फ डाइभर्ट भएको थियो। मौसममा सुधार आएसँगै उक्त जहाज शनिबार राति ९:३३ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।
पोखरामा केही दिनयता मौसममा आएको खराबीले हवाई उडान प्रभावित भएका छन्। भिजिबिलिटी कम हुँदा अन्तर्राष्ट्रिय उडानले चुनौती झेल्नुपरेको हो। मौसमले चुनौती दिए पनि अन्ततः पोखराको आकाश फेरि खुल्यो र उडान सफल भयो।
भिडियो : सन्तोष पोख्रेल, नेपाल पर्यटन बोर्डका सदस्य