पानी जीवनका लागि कति महत्वपुर्ण चीज हो भनिरहनु पर्दैन। अब पानी पिएर नै तौल घटाउने सकिने तरिकाहरु पनि सार्वजनिक भएका छन्। बेलायतकी वेलनेस तथा फिटनेस विशेषज्ञले शाउना वाकरले ‘वाटर थेरापी’का विषयमा कयौं प्रयोग गरिन्। उनले धेरै प्रयोगका निचोड निकाल्दै पानी नै पिएर १० दिनमा ५ किलोसम्म तौल घटाउन सकिने दाबी गरेकी छिन् ।उनी भन्दछिन- प्रत्येक व्यक्तिको खाने र सुत्ने बानी र तौरतरिकामा फरकपन हुन्छ त्यसैले नतिजामा केही अन्तर पर्न सक्दछ ।वास्तवमा कसरी घटाउँछ पानीले तौल ? पढ्नुस तल।
जब शरिरमा पानी पर्याप्त मात्रामा पुग्छ,शरिरका अंगहरुले सही तरिकाले काम गर्दछन्। जब अंगहरुले सही तरिकाले काम गर्दछन, शरिरको मेटाबोलिजमको राम्रो हुन्छ। जति मेटाबोलिजम बढि हुन्छ त्यती नै तौल घट्छ।
धेरै पानी पिउनाले क्यालोरी बर्न गर्ने क्षमता पनि बढ्छ। विज्ञानमा यसलाई रेस्टिङ एनर्जी एक्सपेण्डिचर भनिन्छ। एक अध्ययनका अनुसार पानी पिएको १० मिनेट भित्रै रेस्टिङ इनर्जी एक्सपेण्डिचर २४ देखी ३० प्रतिशत सम्म बढ्छ ।यसरी जति धेरै पानी, त्यति धेरै क्यालोरी बर्न गर्ने क्षमता बढ्दै जान्छ।