जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित दमकमा एक युवक पक्राउ

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित दमकमा एक युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ भाद्र २०८३
  • 3.1K
    Shares

झापा, ७ भदौ २०८३ ।

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई दमक नगरपालिका–१ स्थित रातोपुलमा रहेको अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेका छन्।

प्रहरीका अनुसार शनिबार दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा सटगन फेला परेको थियो। बरामद हतियारका सम्बन्धमा अनुसन्धान गर्ने क्रममा कर्णलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सटगन बरामद गरी युवकलाई पक्राउ गरेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार