राष्ट्रपति पौडेलको छातीमा राखिएको पेसमेकरको आयू हो दश बर्ष

राष्ट्रपति पौडेलको छातीमा राखिएको पेसमेकरको आयू हो दश बर्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ असार २०८०
  • 6K
    Shares

राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको छ।

मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको पेसमेकर राखिएको स्रोतले जानकारी दिएको छ।

पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ।पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो।

पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो। यो यन्त्रले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।

उदाहरणका लागि पेसमेटर प्रति मिनेट ७० मा राखिएको छ भने त्यसले मुटुलाई मिनेटमा ७० पटक धडकिन सहयोग गर्छ।

पेसमेकर राखेपछि सामान्यत: यो १० वर्ष चल्छ। त्यसपछि ब्याट्री फेर्नुपर्ने हुन्छ।

प्रतिक्रिया