गण्डकी प्रदेश सरकारले लम्पी स्किन  रोगको खोपको लागि छुट्यायो १६ करोड बजेट

गण्डकी प्रदेश सरकारले लम्पी स्किन  रोगको खोपको लागि छुट्यायो १६ करोड बजेट


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ असार २०८०
  • 3.1K
    Shares

गण्डकी प्रदेश सरकारले लम्पी स्किन  रोगको खोपको लागि छुट्यायो १६ करोड बजेट

गण्डकी प्रदेश सरकारले पशुमा देखिएको लम्पी स्किन  रोगको खोपको लागि बजेट विनियोजना गरेको छ ।

शुक्रबार प्रदेशको आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा उक्त रोगको पुर्ण खोप कार्यक्रमको लागि १६ करोड ३५ लाख बजेट विनियोजना गरेको बताए ।

‘लम्पी स्किन डिजिज लगायत विभिन्न समयमा पशुमा आउन सक्ने महामारीजन्य रोगको रोकथामका लागि प्रदेशका सबै स्थानीय तहमा पशुको पूर्णखोप कार्यक्रम सञ्चालनका लागि १६ करोड ३५ लाख बजेट विनियोजन गरेको छु,’ आर्थिक मामिलामन्त्री आलेले भने ।

लुम्बिनी प्रदेश सरकारले पनि पशुपन्छीमा लाग्ने खोरेत, भ्यागुते, चरचरे, स्वाइन फिभर, पीपीआर, लम्पी स्कीन, रानी खेत लगायतका रोग नियन्त्रण गर्न ७५ लाख डोज खोप बाँड्ने भएको छ । जसका लागि ५ करोड ९६ लाख रूपैयाँ बजेट छुट्याएको छ ।

प्रतिक्रिया