भरतपुरमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

भरतपुरमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ भाद्र २०८३
  • 817
    Shares

चितवन, ७ भदौ २०८३ ।

भरतपुर महानगरपालिका–१ आँपटारीमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

नारायणगढबाट रामनगरतर्फ जादै गरेको बा ८० प ७०७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ विपरीत दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३००१ ख ३५३० नम्वरको ट्रकको अगाडी भागमा ठोक्किएपछि रामनगरबाट आपटारीतर्फ जाँदै गरेको HRO5BJ 0466 नम्बरको इन्डियन कार समेतसंग ठोक्किएर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले बताए ।

दुर्घटनामा संलग्न ट्रक, कार र मोटरसाइकलका चालक तथा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया