१० लाख जनसंख्या भएको फिजीलाई ओलम्पिकमा पहिलो स्वर्ण

१० लाख जनसंख्या भएको फिजीलाई ओलम्पिकमा पहिलो स्वर्ण


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ साउन २०७३
  • 15.4K
    Shares

फिजीले ओलम्पिकमा पहिलो पदकको रुपमा स्वर्ण भित्र्याएको छ। १० लाख जनसंख्या भएको प्यासिफिक आइसल्यान्डको यो सानो देशले पुरुष रक्बी सेभेन्समा स्वर्ण जितेको हो। ९२ वर्षपछि ओलम्पिकमा फेरि फर्किएको रग्बीको फाइनलमा बेलायतलाई ४३–७ ले स्तब्ध पार्ने क्रममा डेडोरो रंगशालामा फिजीले इतिहास रच्यो।
प्रतियोगिता सुरु हुनुअघि न्युजिल्यान्ड, बेलायत र दक्षिण अफ्रिकामध्ये एकलाई स्वर्णको दावेदार मानिएको थियो। दक्षिण अफ्रिकाले जापानलाई ५४–१४ ले पराजित गर्दै तेस्रोमा चित्त बुझायो। न्युजिल्यान्ड पाँचौ भयो। अस्ट्रेलियाले आठौं स्थानमा चित्त बुझायो।

प्रतिक्रिया