हल्लै हल्लाको बन्दले पोखराको जनजीवन प्रभावित

हल्लै हल्लाको बन्दले पोखराको जनजीवन प्रभावित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ मंसिर २०७४
  • 9.8K
    Shares

बन्दको हल्लाकै भरमा शुक्रबार बिहानैदेखि पर्यटकीय नगरी पोखराको जनजीवन प्रभावित बनेकोछ भने सवारी साधनहरु न्यून मात्रामा चलेका छन् । पोखराका मुख्य बजारहरु महेन्द्रपुल, पृथ्वीचोक, बगर, सृजनाचोक लगायतका स्थानहरुमा अधिकाँश पसल र होटलहरु बन्द द्धन् भने शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् ।
पर्यटकीय नगरी पोखराबाट छुट्ने पर्यटक वर्षहरु काठमाडौंका लागि छुटे भने अन्य लामो दूरीका बसहरु चलेनन् ।
पोखरामा सञ्चालन हुने नगरबसहरु र ट्याक्सीहरु सीमित मात्रामा सञ्चालनमा छन् । मोटरसाइकलहरु पनि केही चलेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शुक्रबारका लागि बन्द आहृवान गरेको हल्ला चलेपछि सो पार्टीले नेपाल बनदको आयोजना नगरेको स्पष्ट पारेको छ भने वर्हिगमित जनमुक्ति सेनाहरुको साझा संगठन भनिएक्ो जनमुक्ति सेना नेपालले पनि नेपाल बन्दाको आयोजना आफूहरुले आधिकारिक रुपमा आयोजना नगरेको बताएको छ ।

प्रतिक्रिया