बिस्तृत शान्ति सम्झौताविपरीत जनयुद्धकालीन मुद्दामा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ, नक्खु जेल पठाउने तयारी

बिस्तृत शान्ति सम्झौताविपरीत जनयुद्धकालीन मुद्दामा माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ, नक्खु जेल पठाउने तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ कार्तिक २०७४
  • 29.4K
    Shares

सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजायँ पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । प्रहरीको खोजी सूचीमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेल मंगलबार बिहान साथीलाई भेट्न भन्दै सातदोबाटो चोकबाट केही भित्री गल्लीमा रहेको डेराबाट बाहिर निस्किएलगत्तै ४र५ जना व्यक्तिहरुले उनलाई घेरे । सिभिल ड्रेसमा रहेका उनीहरु प्रहरी थिए । रातो ज्याकेट लगाएका र केहीले दाह्रीसमेत पालेका थिए । ँतपाई हाम्रो अफिसमा जानुपर्‍यो, तपाईलाई लिएर आउनु भन्नुभएको छ’ दाह्रीवालमध्येका एक व्यक्तिले यसो भनेपछि ढुंगेलले गोजीबाट मोबाइल फोन निकालेर कसैलाई फोन गर्न खोजे । तर, प्रहरीले फोन गर्न दिएन ।
प्रहरीले ढुंगेललाई त्यहाँबाट चोकतिर लग्यो र गाडी चढाएर हेडक्वार्टरमा पुर्‍यायो । ढुंगेलका आफन्तले दिएको जानकारी अनुसार यो घटना करिब साढे ११ बजेतिरको हो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् । पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत परेको छ । यो मुद्दा परे लगतै ढुंगेल पक्राउ परेका हु्न् ।
२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।
ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार भएका थिए ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याका दोषी माओवादी नेता बालकृष्ण ढुंगेललाई नख्खु जेलमा लैजाने तयारी भईरहेको सिआईबीले जनाएको छ । मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ परेको उनलाई सर्वाेच्च अदालतमा उपस्थित गराएर अदालतको फैसला कार्यान्वया ईकाईबाट सिधै नख्खु लैजाने तयारी भईरहेको हो ।
सातदोबाटोमा भूमिगत बसाइ
ओखलढुंगाका पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनीचाहिँ सुरक्षाको कारण देखाउँदै कपनमा नबसी सातदोबाटोमा डेरा लिएर बस्दै आएका थिए । उनको डेरामा भाइ बहिनीसहित ३र४ जना बस्दै आएका थिए ।
ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले विनाविभागीय गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । त्यसलगत्तै ढुंगेल पक्राउ परेको खबर माओवादी हेडक्वार्टरमा पुगेको थियो ।
माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेपमा रुपमा प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
पारिवारिक स्रोतका अनुसार पक्राउ परेका ढुंगेलको एउटा मृगौला ड्यामेज भएको छ भने अर्कोले पनि थोरैमात्रै काम गरिरहेको छ । मृगौलापीडित ढुंगेलले ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराएर नियमित औषधि सेवन गर्दै आएका थिए ।
ढुंगेल पक्राउ परेको घटनाका प्रत्यक्षदर्शी उनका नातेदारले भने- ँकिड्नी र ब्लड प्रेसरको औषधि खाइरहनुभएको थियो, औषधि पुर्‍याइदिन फोन गर्दा उहाँका दुबै फोन स्वीच्ड अफ भनेकाले सम्पर्क गर्न पाइएको छैन ।
ढुंगेल द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले दिएको आदेशका आधारमा पक्राउ परेका हुन् । उनीमाथि ओखलढुंगाको पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्बोच्च अदालतबाट सर्वस्वसहित जन्मदकैदको सजायँ तोकिएको थियो । सर्वोच्चले सजायँ तोके पनि उनी अहिलेसम्म पक्राउ परेका थिएनन् ।
ओखलढुंगा २ बाट ०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला अदालतबाट दोषी ठहर भएका थिए । उनीसँगै सजायँ तोकिएका पूर्वमाओवादी कार्यकर्ता पुष्कर गौतम अहिले जेलमै छन् ।
उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले ढुंगेल विरुद्ध मुद्दा दायर गरेकी थिइन् । तर, उनी पक्राउ नपरेपछि हालै अधिवक्ता दिनेश त्रिपाठीले उनलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
ढुंगेलको सजायँ माफीका लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो । तर, सर्बोच्च अदालतले सो सिफारिस अस्वीकार गरेपछि ढुंगेल फरार अभियुक्तका रुपमा रहेका थिए ।
माओवादी नेताहरुले भने द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट गरिनुपर्ने भन्दै ढुंगेलको बचाऊ गर्दै आइरहेको छ ।

प्रतिक्रिया