बालबालिकाले बसपार्कमा रोकी राखेको बसमा आगजानी गरे !

बालबालिकाले बसपार्कमा रोकी राखेको बसमा आगजानी गरे !


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ साउन २०७३
  • 10K
    Shares

पर्वतको कुश्मामा निर्माणधिन बसपार्कमा रोकी राखेको बसमा आगजानी भएको छ । आइतबार साँझ  ग १ ख ४९३६ नम्बरको बसमा आगलागी भएको हो । आगलागीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगोलागी हुदाँ बसपार्कमा रहेका अन्य २ सवारी साधनमा समेत क्षति भएको प्रहरीले जनाएको छ । ध १ ख ५६९ र ना ४ ख ९०३४ गाडीमा सामान्य क्षेती भएको प्रहरीको भनाइ छ ।

बसपार्कमा खेली रहेका बालबालिकाले आगो लगाएर त्यहाँ बाट भागेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।  । उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया