हतियारसहित सैनिक फरार भएपछि सुदूरपश्चिममा खैलाबैला!

हतियारसहित सैनिक फरार भएपछि सुदूरपश्चिममा खैलाबैला!


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ साउन २०७३
  • 18K
    Shares

डोटीको राजपुरस्थित नेपाली सेना सुदूरपश्चिमाञ्चल पृतना मुख्यालयमा कार्यरत एक सैनिक जवान हतियारसहित फरार भएको खबर सार्वजनिक भएको छ । अत्याधुनिक हतियारसहित सैनिक जवान शनिबार फरार भएको खबर सार्वजनिक भएपनि नेपाली सेनाले भने पुष्टि गरेको छैन । फरार सैनिक जवानको नाम पनि खुल्न सकेको छैन ।

हतियारसहित सेनाको जवान फरार भएकोबारे एकीन गर्न नेपाली सेनाले आन्तिरिक छानविन थालेको छ, भने हतियार गणना हुँदैछ । नेपाल प्रहरीले सुदूरपश्चिम क्षेत्रमा चेकजाँच कडा पारेको छ ।

सुदूरपश्चिमभरिका विभिन्न राजमार्गमा नेपाल प्रहरी र नेपाली सेनाका चेकपोस्टमा कडा चेकजाँच भइरहेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढी–महेन्द्रनगर सडक तथा भीमदत्त राजमार्गमा बस र जीप कारका यात्रुका झोला खोलेर चेकजाँच हुँदैछ ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले जवान फरार भएको वा नभएकोबारे एकीन हुन नसकेको बताए । ‘पृतनामा आन्तिरिक छानविन भइरहेको छ,’ हतियार गणना पनि भइरहेको छ’ प्रवक्ता कार्कीले भने- ‘अहिले भन्न सकिने अवस्था छैन ।’ पृतनाका महासेनानी याम सापकोटाले सोधपुछ भइरहेकोले बाँकी कुरा अहिले भन्न नमिल्ने बताए ।

प्रतिक्रिया