किरण प्रकाश बिसी
इंग्ल्याण्डमा कुनै लिखित खालको स्पस्ट संबिधानले कानुनै तोकेको छैन । त्यहा ‘डेभेलप योर कल्चर नट रुल’ अर्थात ‘तिम्रो सस्कार बिकास गर निति नियम होईन’ भनेर भनिएको छ र त्यहि अनुसार समाज अगाडि बढेको छ फलस्वरुप ति र त्यस्ता देशले पनि संसारमा बिकाशको दैलो ऊघारेर विश्वलाइ एऊटा गोरेटो देखाई रहेका छन ।
तर हाम्रो देशमा बि सं २००७-१४-३६-४६-६२-६३-७२ हुदै आज सम्म केबल कानुनको संसोधन गेरेर धारा परिबर्तन गरि संबिधानलाइ बलत्कार गर्ने अनि आफु अनुकुल जबरजस्त अर्को कानुन जन्माऊने बेतिथिले देशलाइ वीश्वमा नेपाल बाच्नका लागि अत्यंत दयनिय स्थानमध्ये नेपाल आठौ स्थानमा पारेर देशमाथि अपराध गरियको छ।
अरबिहरुले मध्यकालमा नै युरोपमा बिजगणितको सुत्र पुगाइसकेका थिए । त्यो भन्दा पहिले रोमन अंकको प्रयोगमा कारोबारो गर्थे, विश्वमै दशमलवको सिदान्त भारतमा आविष्कार भयको हो। अरबिले भारतको दशमलब सिदान्त चोरेर युरोप छिराए । त्यहि सिद्दान्तको काधमा चढेर खगोल शास्त्र हुदै चन्द्रमा पुग्ने आट गरे । भारतको नजिकको क्षिमेकि देश नेपाल जुन देशको राजा, प्रजा र रैती सबैको तिर्थस्तल भारत थियो । त्यो देशको नेपाली जसले आफुलाइ क्यारमको गोटि बाहेक अरु कुनै माथिको औकातमा पुगान सकेनन।
लचिलो संबिधान, बिश्वकै ऊतकृष्ट संबिधान, जस्ता ऊपमा दिएर बिस्तारबादि देखि साम्राज्यवादिले समेत नेपालको प्रसंसाको रिगंटोन बजाइदिए पछि त्यहि रिगंटोनको तालमा नेपालका केहि सिमित नेता नाचिरहे र केहि जनताले थपडि बजाऊदै नचाइरहे ।
इसाई पुर्ब पाचौ शताब्दीमा नै चिनले दिशा सुचक प्रबिधि बनायो । यो युरोपले चोर्यो । युरोपमा १४औ शताब्दि सम्म यसको प्रयोग भयो र अमेरिका तिर बिकसित गरियो । आज त्यहि युरोपको बिज्ञान देखेर अमेरिकाले फेसबुक बनायो । फेसबुक चाईनाले बन्द गर्यो । नेपालले स्वागत गर्यो । चिनिया बिश्वमै बिकाशले छलागं मार्ने धेयका साथ अगाडि बढ्यो । हामी नेपाली २४ घन्टामा त्यहि फेसबुक दुरुपयोग गरेर आफुलाइ एक बेफुर्सति बेरोजगारको रुपमा खालि दिमागलाइ सैतानको बास बनाऊन बाट बचायर अरुलाइ गालि फलाकिरहेका छौ।
धेरै पहिले पनि होईन १४९२ मा कोल्मबसले अमेरिका पत्ता लगाए । आज त्यो देश बिकासको ऊच्च सिमामा पुग्यो । त्यहाको बजारमा आवश्यकतामा पानि पार्नसक्ने. आवश्यक परे घाम लगाऊन सक्ने प्रबिधि बिकाश भयो । त्यो देशको संबिधान कठोर बनाय । कठोर मेहनत गरे तर हाम्रो देश जो संसारका थोरै मात्र देश अस्तित्वहुदा देखि नै स्वतन्त्रं थियो । त्यसै देशलाइ त्यो देशले अरबौ डलर दिनुपर्ने अनि हाम्रो देशका नेताले त्यो देशले भने अनुसारका कसैको देशको बिरुद्दमा बिज्ञप्ति जारि गरेर इमानलाइ पैसाको तराजुले झुकाइदिनुपर्ने।
साम्यवादी बिचारको जन्म युरोपमा भयो तर यो बिचार सहि या गलत लडाई र लफडा ऐसियामा भयो । युरोप कहा पुग्यो अनि एसिया कहा छुट्यो ।एसियामा पनि त्यहि साम्यबादको गुदि र समाजबादको मष्तिक्सले चिन भब्य भयो तर देशमा सयौ पाटी कम्युनिस्ट अनि हजारौ कार्यकर्ता माक्सवादि हुदापनि कम्युनिस्ट हु भनेर लाजले मुखमा मास्क लगायर हिडनुपर्ने अवस्था सिर्जना भयो।
के यहि हो हामिले खोजेको संबिधानको मर्म ?
राज्यले १९४७ मा उत्पादन भयको एके फोर्टी सेभेन (AK-47) किन्न करौडौ खर्च गर्यो तर नागरिकको नैतिक र ब्यबहारिक संस्कारमा हेलच्यक्र्याई गर्यो। सन २००९ सम्म १० करोड थान बिश्वबजारमामा घातक हतियार एके फोर्टी सेभेन आऊदा नेपालमा पनि थुप्रै पुगिसकेको थियो तर बिश्वबजारमा बैज्ञानिक शिक्षा पस्कियको १०० साल नाघिसक्यो त्यहि ‘सुगारटाई भन्दा माथि ऊठ्न सकेको छैन । भनाऊदै बच्चाहरुको भबिस्यको समुलनस्ट गरेर जब अप्लिकेसन लेख्न सिकाए तर रोजगारको लागि बिदेश धकेल्ने शैक्षिक पात्रो साल सालै निकालि राखे ।
हामीले शब्द सहितको संबिधान खोजेको हो कि ? अधिकार सहितको संबिधान खोजेको ?
यति देख्दा देख्दै पनि फेरि त्यहि एक थान ऊपन्यासको पक्षमा हामीले एक दिन दियो बालिदिनुपर्ने अनि दुइ हातले तालि पिटेर तिम्रो थपडि बजाइ दिनुपर्ने ?
मुहुर्तम ज्वलितम स्रेय,,
न तु धुमायितम चिरम,
अर्थात ‘धुवायर धेरै बाच्नु भन्दा मशाल जस्तो दन्केर सकिनु ऊत्तम हुन्छ’
नबिराऊ नडराऊ, यो संबिधान जन्माऊनेले नै संसोधनको नाममा एक सालमा पटक पटक बलत्कार गरेर पापको मुखमा पुगाएको धारा/ऊपधारा सहित जनताको मनभावना बिपरित यो कालो संबिधानले ऊत्पादन गरेको अकर्मन्यता भित्रको एकथान ऊपन्यासलाइ समुलनस्ट गरेर नयाँ युगको नया परिपाटीमा जाने आट र साहास गरौ।
असोज तिन!
कालो दिन!
एक थान ऊपन्यास (मुर्दावाद ~मुर्दावाद)