अमेरिकाको आँधीहुरीबाट १५ नेपाली परिवार विस्थापित

अमेरिकाको आँधीहुरीबाट १५ नेपाली परिवार विस्थापित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ भाद्र २०७४
  • 10.4K
    Shares

अमेरिकामा आएको ‘हार्भी’नामक समुद्री आँधीहुरीबाट १५ नेपाली परिवार विस्थापित बनेका छन् । आँधीहुरीसँग औको भीषण वर्षाका कारण टेक्सासको ग्रेटर ह्युस्टन क्षेत्रका नेपाली परिवार विस्थापित बनेका हुन् ।

गत शुक्रबार रातिदेखि जारी आँधीहुरीका कारण प्रभावित १५ नेपाली परिवारका करिव पाँच दर्जन नागरिकलाई सुरक्षित स्थलमा सारिएको नेपाली समाज, ह्युस्टनका सल्लाहकार तारा बरालले जानकारी दिएका छन् ।

अमेरिकामा नेपाली समुदायले निर्माण गरेको पशुपतिनाथ मन्दिर समेत प्रभावित भएको छ । ग्रेटर ह्युस्टन क्षेत्रमा करिब १५ हजार नेपाली बसोबास रहेको बताइन्छ ।

इतिहासकै डरलाग्दो समुद्री आँधी मानिएको ‘हार्भी’का कारण दक्षिण–पूर्वी अमेरिकामा अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया