उकालो डटकमको कार्यालयबाट तीन थान ल्यापटप तथा कम्प्युटर चोरी

उकालो डटकमको कार्यालयबाट तीन थान ल्यापटप तथा कम्प्युटर चोरी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ भाद्र २०८३
  • 1.8K
    Shares

uklo.com, उकालो डटकमको कार्यालयमा चोरी

पोखरा , १ भदौ २०८३।

काठमाडौंको हाँडीगाउँस्थित अनलाइन न्युजपोर्टल उकालो डटकमको कार्यालयमा चोरी भएको छ।

प्रहरी स्रोतका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर कार्यालयबाट ल्यापटप र कम्प्युटर गरी तीन थान विद्युतीय उपकरण चोरी भएको हो।

प्रहरीका अनुसार कार्यालयसँगै निर्माणाधीन घरको पछाडिको भाग हुँदै चोरहरू उकालोको कार्यालयमा प्रवेश गरेको देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

चोरीको घटनाबारे उकालो डटकमका तर्फबाट प्रहरी वृत्त मालीगाउँमा उजुरीसमेत परेको छ। प्रहरीले कार्यालयमा जडान गरिएको सीसीटीभी फुटेज अध्ययन गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा चार जनाको गतिविधि देखिएको छ। उनीहरूको पहिचान तथा चोरीमा संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया