ओमनमा मालिकबाट बलात्कृत नेपाली महिलालाई ७ लाख क्षतिपूर्ति

ओमनमा मालिकबाट बलात्कृत नेपाली महिलालाई ७ लाख क्षतिपूर्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ भाद्र २०७४
  • 27K
    Shares

ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० वर्षीया नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन् । रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता लिएर नेपाल फर्किएकी छन् । अल बुरुएमी राजधानी मस्कटबाट झन्डै ३ सय २१ किमि टाढा पर्छ । संयुक्त अरब इमिरेट्स (यूएई) को अलऐनसँग सीमा जोडिएको बुरुएमीमा ती महिला सात महिनादेखि घरेलु कामदारका रूपमा कार्यरत थिए । बलात्कारपछि उनलाई उपचारका लागि ८ दिनसम्म स्थानीय अस्पतालमा राखिएको थियो ।

पीडितका तर्फबाट त्यहीं कार्यरत एक नेपाली युवतीले उजुरी दिएकी थिइन् । ‘प्रहरीमा मैले घटनाको साक्षीका रूपमा उजुरी दिएकी थिएँ । त्यसपछि प्रहरीले स्पोन्सरलाई पक्राउ गर्‍यो,’ युवतीले भनिन्, ‘पीडितलाई स्पोन्सरको घरमा पठाउने नजिककी नातेदार नै रहेछिन् । उनी दुबईबाट आएपछि ७ लाख रुपैयाँमा मेलमिलाप भयो ।’
@इकान्तिपुरदैनिक

प्रतिक्रिया