समस्याकाे गाँठाे एकातिर छ, यहाँका स्वनामधन्य पढालिखा ब्यक्ति इण्डियनहरूले सडकमा फ्याँकि दिएका मुद्दामा बहस गरिरहेका छन्। प्रजातन्त्र, जनवाद, लाेकतन्त्र, राज्य पुनर्संरचना, संविधान संसाेधन जस्ता बाेक्राहरूमा विदेशीहरूले नेपाली बाैद्धिकहरूकाे दरिद्र दिमागलार्इ अत्यधिक रूपमा खेलाए र खेलार्इ नै रहेका छन्।
इण्डियनहरूका गैरकानूनसी बाँधले सिंगाे तरार्इ तालमा परिणत भैसक्याे, ६३ हजार हेक्टर नेपाली भूभाग लुटेर भाेगचलन गरेकाे छ, इण्डियनहरूकाे नक्कलि नागरिकता अाधा पुग्न लागिसक्याे, पेन्सन क्याम्पका नाममा देशभरि त्यसकाे सैन्य सञ्जाल छ, अाफ्नै प्रान्तका रूपमा त्यसले कराेडाैं रकम विना अनुमति लगानि गर्दै अाएकाे छ।
अक्कर र विपत्तिमा परेकाे बेला जसले ४ पटक नाकाबन्दी लगायाे, जसले जबर्जस्ति नेपालभित्र पसेर दर्जनाैं नेपालीहरूकाे हत्या गरिसकेकाे छ, जुन शत्रुले यहाँकाे विकास कहिल्यै हुन दिएन, जसले काेशी, गण्डकीमा भएका संझाैताहरू पनि कार्यान्वयन गर्दैन र डिपीअार नै नबनार्इकन महाकालिकाे पानी २३ बर्षदेखि लुटेर उपयाेग गरेकाे छ।
बहस गर्ने इच्छा भए यि विषयहरूमा गर । इण्डियनहरूले अाफूले गरेका अपराधहरूलार्इ अाेझेलमा पार्न सडकमा फालेकाे “कति जनाले हिन्दी भाषा बाेल्छन् ?” भन्ने वाहियातकाे प्रश्न हामीमा घाेडा दाैड चलाउने मुद्दा हाेर्इन। इण्डियामा मातृभाषाका रूपमा हिन्दि बाेल्ने इण्डियनहरू २५ प्रतिसत मात्र छन् भने काम चलाउ समेतलार्इ जाेड्दा ४१ प्रतिसत।
काम चलाउकै कुरा गर्ने हाे भने नेपालमा नेपालीपछि बढि जसाेले अंग्रेजी बुझ्छन्। संसारमा चिनियाँ भाषा बाेल्नेहरू ८९७ मिलियन भन् भने अंग्रेजी बाेल्नेहरू ३७१ मिलियन मात्र छन् तर विश्श्व भाषाका रूपमा अंग्रेजीलार्इ मान्यता दिर्इएकाे छ। भाषा मान्यताका पछाडि ठाेस कारणहरू हुन्छन्। फिल्मि गित र टेलि सिरिययल हेर्ने संख्या यसमा जाेडिंदैन।
एउटा राष्ट्रमा कुनै निर्णय गर्दा सर्वप्रथम राष्ट्रिय हितलार्इ हेरिन्छ। कुन कुरा कस्ताे सन्दर्भबाट अाएकाे छ भन्ने कुराकाे लेखाजाेखा गरिन्छ। नागालैंड, तलङ्गानालार्इ अलग राज्यकाे मान्यता दिने दिल्लीले गाेर्खाल्याण्डमाथि दमन किन गर्छ ? राष्ट्रकाे सार्वभाैम अस्तित्वमा अाँच ल्याउने संभावना भएका कुनै पनि कुरा कसैले स्विकार गर्दैन।