म्यान्चेस्टर सिटी र एभर्टनले बराबरी खेले, राहिम र रुनीले गरे गोल

म्यान्चेस्टर सिटी र एभर्टनले बराबरी खेले, राहिम र रुनीले गरे गोल


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ भाद्र २०७४
  • 10.2K
    Shares

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा म्यान्चेस्टर सिटी र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन् ।

सिटीको मैदान इत्तिहाद स्टेडियममा भएको खेलको ३५ औं मिनेटमा वायन रुनीले गोल गर्दै एभर्टनलाई अग्रता दिए ।४४ औं मिनेटमा सिटीका कायल वाल्कर दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो ।
दोस्रो हाफको ८२ औं मिनेटमा म्यान सिटीका राहिम स्टर्लीङले एक गोल फर्काउँदै खेल बराबरी गरे । यसपछि एभर्टनका मोर्गन स्नाईडर्लीनले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिए ।

यो बराबरीपछि प्रिमियर लिग फुटबलको नयाँ सिजनको सुरुवाती दुई खेलबाट दुबै टोलीले ४–४ अंक बटुलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार