नेकपा कास्कीका नेताहरुद्वारा दलाल, तस्कर, कालाबजारीया र भ्रष्टाचारीहरुलाई जनकारवाही गर्ने संकेत

नेकपा कास्कीका नेताहरुद्वारा दलाल, तस्कर, कालाबजारीया र भ्रष्टाचारीहरुलाई जनकारवाही गर्ने संकेत


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ भाद्र २०७४
  • 6.1K
    Shares

सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा विभिन्न पार्टीहरुबाट पार्टी प्रवेश गरेको व्यापक हल्ला गरिएकै अवस्थामा कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नं. १८ साविक सराङकोट गाविसका ३४ जना नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्र परित्याग गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीमा ध्रुवीकृत भएका छन् । नेपाल कम्युनष्ट पार्टी कास्की इलाका नं. १० ले आयोजना गरेको एक कार्यक्रममा माओवादी केन्द्रका ३४ जना नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।


नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुमा श्रवणकुमार सुनार, राजकुमार सुनार, रबिन्द्रसुनार, प्रेमकृष्ण सुनुवार, सुनिल सुनार, राजकुमार बिश्वकर्मा, रेशम सुनार, रामशरण बिश्वकर्मा, बलराम बिक, वसन्त बिक, बालकुमार बिक, राजेन्द्र सुनार, भिम बहादुर पौडेल, किरण बिक, रामबहादुर बिक, मिलन बिक, सन्तोष बिक, दिनेश बिक, राजु बिक, अभिशेक बिक, दिपेश सुनार छन् । त्यस्तै जीवन सिलवाल, उजित सुनार, राम प्रसाद खड्गी, सुनिल सुनार, क्षितिज सिलवाल, सन्जित बिक, सुन्दर सिलवाल, जगतराज अधिकारी, कमल सुनार, लक्ष्मण सुनार, राजु सुनार, राजु बिक, भिम शिवाकोटी पनि माओवादी केन्द्र परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका नेताहरुले जिल्लाभित्र रहेका दलाल, तस्कर, कालाबजारीया र भ्रष्टाचारीहरुलाई जनकारवाही गर्ने संकेत गरे । यसरी जनकारवाहीको संकेत गर्ने नेकपाका नेता तथा कार्यकर्ताहरुमा नेकपा कास्कीका सेक्रेटरी नन्दलाल तिवारी जगन, नेकपा कास्की इलाका नं. १० का ईञ्चार्ज परिवर्तन, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई, राष्ट्रिय यसवा जनस्वयंंसेवकका केन्द्रीय सदस्य सुजन तथा कास्की संयोजक सागर, अखिल नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सदस्य पुष्प कार्की लगायत रहेका छन् ।
नवप्रवेशी कार्यकर्ताहरुलाई स्वागत गर्दै नेकपा कास्कीका सेक्रेटरी जगन तिवारी जगनले युवाहरु पशुपतिनाथमा छाडिएका परेवा जस्तो जता चाहारा फाल्यो त्यतै दगुर्ने खालको हुन नहुने तर्क गर्दै सुकुम्बासी, श्रमजीवि, किसान र मजदूर लगायत सर्वहारावर्गलाई धोखाधडी गर्ने दलाल, तस्कर, कालाबजारीया र भ्रष्टाचारीहरुलाई कारवाही गर्न क्रान्तिकारी युवा शक्ति अगाडि बढ्नुपर्नेृ कुरामा जोड दिएका थिए । कास्कीमा नेकपाको गर्जनले शाशकहरु थर्कमान हुने गरेको दृष्टान्त पनि उनले प्रस्तुत गरेका थिए ।
राष्ट्रिय जनस्वयंसेवकका केन्द्रीय सदस्य एवं गण्डक संयोजक सुजनले देशको रास्ट्रिय स्वाधिनता र दलाल पुजीवाद, दलाल सत्ताकोबिरुद्ध बैज्ञानिक समाजवादसम्म पुग्न एकीकृत क्रान्तिद्वारा मात्र सम्भब भएको जिकिर गर्दै आम युवा जगतलाई एकीकृत जनक्रान्तिमा सहभागी हुन आव्हान गरे ।
रास्ट्रिय जन स्वयमसेवक कास्कीका अध्यक्ष सागरले नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा चलिरहेको एकीकृत जनक्रान्ति विगतमा भएको दशवर्षीय जनयुद्धको निरन्तरता भएको बताउँदै क्रान्तिलाई धोका दिने दलाल तथा गद्दारलाई कारवाही गरि छाड्ने वाचा गरे । उनले क्रान्तिको नाममा झुठ्ठा आस्वासन दिदै काठमाडौं र पोखरा जस्ता ठूला शहरहरुमा महल ठढाउनेहरुको महल ढाल्नुपर्ने आवश्यकता औंल्याए ।
नेकपा कास्की इलाका नं. १० का ईञ्चार्ज परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक पुष्प कार्कीले उपस्थित सबैलाई स्वागत गरेका थिए भने अखिल क्रान्तिकारीका केन्दीय सदस्य एवं कास्की संयोजक मिलन राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया