रिभानमा भिषण वाढी पहिरो, १३ घर वगे,समयमै सचेत वन्दा मानविय क्षति हुन पाएन

रिभानमा भिषण वाढी पहिरो, १३ घर वगे,समयमै सचेत वन्दा मानविय क्षति हुन पाएन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २५ साउन २०७४
  • 12.7K
    Shares

कृष्ण दवाडी,  पोखरा, २५ साउन । कास्कीको माछापुच्छ्रेगाउँपालिका वडा नं ५ रिभानमा मंगलवार रातीको पहिरोले १३ घरमा पूर्ण क्षति पुगेको छ ।

भिषणा पहिरो सहित आएको वाढीले रिभानका हुम्दी डाँडा गाउँ र लाम्पाटाका १३ घर वस्न नमिल्ने गरि क्षति पुगेको रिभानवाट देवीलाल लामिछानेले जानकारी दिए ।

गाउँभन्दा माथि लेकमा रहेका गोठालाहरुले पहिरो गएको र चर्को आवाजका साथ वाढी पहिरो वस्तीतिर आउदै गरेको जानकारी गराएपछि गाउँलेहरु समयमै सुरक्षित स्थान तर्फ जान सफल भएकोले मानविय क्षति हुन नपाएको वताईन्छ ।

वाढीले चौपायाहरु वगाएपनि क्षतिको जानकारी प्राप्त हुन सकेको छैन । वाढीले स्थानीय देवीलाल लामिछाने, दण्डवहादुर विक, प्रविण लामिछाने, गंगावहादुर विक, प्रेम विक, राजमान विक, दिननाथ पौडेल, कमला परियार, नरवहादुर विक, काजी विकको घरमा पूर्ण क्षति पुगेको छ । त्यस्तै दण्ड आचार्य, सन्तु लामिछाने, भक्तप्रसाद लामिछाने र हिमलाल भुषालकरो घर जोखिममा रहेको छ ।

वाढीले हुम्दीमा रहेका २ वटा मोटरेवल पुल र विजुलीका पोलहरु समेत समेत वगाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगीसकेको र क्षतिको विवरण संकलन गरिरहेको स्थानीय बलराम गिरीले जानकारी दिए । वाढीवाट विस्थापित वनेकाहरु अहिले छिमेकी वस्तीहरुमा आश्रय लिएर वसेका छन् ।

प्रतिक्रिया